काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। उनले पक्षमा २८ मत पाएका छन् भने विपक्षमा शून्य मत पर्यो।
कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए।
नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।