काठमाडौं–सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेट गरेका छन् ।
संघीय संसद्को संयु्क्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पेश गर्न नसकेपछि गम्भीर भएका घिमिरेले आज प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा परामर्श गरेका हुन् । उनले संसदलाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि भएको संसद अवरोध लगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जनाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिजो नीति तथा कार्यक्रम पेस गर्न दिए पनि राष्ट्रपतिलाई धन्यवाद दिन साँझ ६ बजे बोलाइएको बैठकमा अवरोध गरेको थियो । हिजै बसेको राजनीतिक दलहरुसँगको बैठकमा सभामुख घिमिरेले धन्यवाद प्रस्तावसमेत पेश हुन दिन आग्रह गर्दै अन्यथा संवैधानिक संकट आउनेतर्फ कांग्रेसलाई सचेत गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।