काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रिय सभाको मंगलबारको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ।
सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो। सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम थियो।
सो बैठकमा सभाध्यक्षले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत कार्यसूची थियो। राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ३ गते बिहिबार अपराह्न १:१५ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।