वासिङ्टन– अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
_x000D_
_x000D_
राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गरेका छन् र उनका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ।
_x000D_
_x000D_
आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ।
_x000D_
_x000D_
आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके ‘हामीले निर्णय गर्नुपर्ने हुन्छ’राष्ट्रपतिले भनेका छन्। ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहेको बताउँदै उनीबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताए। काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ।
_x000D_
_x000D_
समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ।
_x000D_
_x000D_
फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
_x000D_
_x000D_
काभानाघले फोर्डको आरोप अस्वीकार गरेका छन् भने आफैंले न्यायिक समिति समक्ष उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।
_x000D_
_x000D_
फोर्डका कानुन व्यवसायीले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन्।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताए।
_x000D_
_x000D_
विगतमा समेत राष्ट्रपतिबाट सिफारिस र मनोनयन गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइकै क्रममा एफबिआईलाई अनुसन्धानका लागि आग्रह गर्ने गरिएको उनले बताए।रासस/ एपी
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।