मनिला, फिलिपिन्स- फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ ।
_x000D_
_x000D_
यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ।
_x000D_
_x000D_
फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सीस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जानकारी दिएका छन्। यस आँधीले प्रायः पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी छ।
_x000D_
_x000D_
यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ। फिलिपिन्समा यस वर्ष आएको आँधी मध्ये म्याङ्कुट अत्यन्त शक्तिशाली भएको बताइएको छ।
_x000D_
_x000D_
गत शनिबार लुजोन द्वीपबाट शुरु भएको यस शक्तिशाली आँधीबाट घरहरु क्षतिग्रस्त भएको विद्युती लाइनमा अवरुद्ध हुनुका साथै रुखहरु ढलेको र पहिरो पनि सताएको बताइएको छ।
_x000D_
_x000D_
यस आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषदले जानकारी दिएको छ।
_x000D_
_x000D_
फिलिपिन्समा यस वर्ष आएको यो १५आैं आँधी हो। हाल आएको म्याङ्कुट अत्यन्त शक्तिशाली आँधीका रुपमा रहेको छ। यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ।
_x000D_
_x000D_
प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले गत सोमबार प्रकाशित गर्नुभएको विज्ञप्तिका अनुसार मृतक सङ्ख्या ६५ पुगेको थियो। उपचारका क्रममा घाइतेहरु मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्याङ्कुटबाट मारिनेको सङ्ख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ।
_x000D_
_x000D_
आँधीका कारण फिलिपिन्सका लाखौँ भएका छन्। आँधीपछि गएको भूस्खलनका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।
_x000D_
_x000D_
मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।