काठमाडौं- प्रमुख राजनीतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झन्डा राखेका छन्।
_x000D_
_x000D_
युवा संगठनहरुले संविधान दिवसको अवसर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन्। नेकपाका युवा संघ र वाइसिएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराइएको हो।
_x000D_
_x000D_
एक सय फिट अग्लो स्टिलको पोल गाडेर ३० फिट लामो झन्डा फहराइएको छ। यसअघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते सहिद दिवसको अवसर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाइको नेपाली झन्डा राखेको थियो। तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा झन्डोत्तोलन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।