प्योङयाङ- उत्तर कोरियाली नेता कीम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि थप कदम चाल्न बुधबार सहमति जनाएका छन्। यो घोषणासँगै केही समयदेखि रोकिएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ता पुनः सुरु हुने सम्भावना बढेको छ।
_x000D_
_x000D_
प्योङयाङमा आयोजित उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनबीचको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो। दक्षिण कोरियाली राष्ट्रपति तीन दिने भ्रमणका क्रममा हाल उत्तर कोरियामा छन्।
_x000D_
_x000D_
'उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुवै देशका विज्ञहरुको सहभागितामा सधैंका लागि बन्द गर्न सहमति जनाएको छ,' किमसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति मुनले भने।
_x000D_
_x000D_
'उत्तर कोरियाले योङवियोन आणविक केन्द्र पनि स्थायी रुपमै बन्द गर्नेजस्ता थप कदमहरु पनि चाल्ने सहमति जनाएको छ, तर त्यसका लागि अमेरिकाले आफ्ना नीतिहरुमा सामयिक पुनरावलोकन गर्नु पर्दछ,' राष्ट्रपति मुनले बताए।
_x000D_
_x000D_
दक्षिण र उत्तर कोरियाबीच पहिलो पटक आणविक निःशस्त्रीकरणका बारेमा छलफल भएको हो।
_x000D_
_x000D_
किमले आफू र मुनले सबै किसिमका आणविक हातहतियार त्याग्ने तथा कोरियाली द्वीपमा रहेको आणविक त्रास हटाउने प्रतिबद्धता जनाएको बताए।
_x000D_
_x000D_
'यो घोषणाले दुवै देशबीचको सम्बन्धमा सुधार ल्याउन उच्चस्तरको मार्ग प्रशस्त गरेको छ, र यसले शान्ति र समृद्धिको ढोका खोल्न हामीलाई नजिक ल्याएको छ,' प्योङयाङ सम्झौतामा हस्ताक्षर गर्दै किमले भने।
_x000D_
_x000D_
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अन्तर–कोरिया शिखर बैठकमा भएका सहमति स्वागतयोग्य रहेको बताएका छन्। 'किम जोङ उनले आणविक सुपरीवेक्षणका लागि अनुमति दिन सहमति जनाएका छन्। अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा एउटा आणविक परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रहार केन्द्र सधैंका लागि बन्द गर्न उनी राजी भएका छन्,' ट्रम्पले लेखेका छन्।
_x000D_
_x000D_
अमेरिकाले उत्तर कोरियासँग रहेका आणविक हातहतियारको सूची उपलब्ध गराउन र आणविक केन्द्रहरुको निरीक्षण गर्न माग गरिआएको छ। तर उत्तर कोरियाले अमेरिकी मागलाई अस्वीकार गरिरहेको छ। यही कारण दुवै देशबीचको वार्ता केही समयदेखि अवरुद्ध छ।
_x000D_
_x000D_
राष्ट्रपति मुन बिहीबार स्वदेश फर्कँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।