एजेन्सी– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पश्चिमी देशहरूलाई इजरायली सरकारलाई प्यालेस्टिनीहरूको हत्याको जवाफ दिन आग्रह गरेका छन्।
उनले पश्चिमी देशहरूले इरानको प्रतिशोधमा सर्वसम्मतिले प्रतिक्रिया दिएको देखेको भन्दै इजरायलकोविरुद्धमा पनि एकजुट भएर जवाफ दिन आग्रह गरेका हुन्।
एर्दोगानले अधिग्रहित प्यालेस्टिनी क्षेत्रहरूमा भएको क्रुरताविरुद्ध लिन सकिने कदमहरूबारे छलफल भएको बताए। टर्कीका राष्ट्रपतिले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वमा जतिसक्दो चाँडो र दिगो युद्धविराम हासिल गर्नुपर्ने बताए।
इरानले अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा गरेको घातक इजरायली हवाई हमलाको बदला लिन इजरायली सैन्य लक्ष्यतर्फ सयौं मिसाइल र ड्रोन प्रहार गरेको थियो।
इजरायलले अधिकांश इरानी मिसाइल र ड्रोनलाई रोकेको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।