काठमाडौँ- सिन्धुपाल्चोकको पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ। दुर्घटनामा बेहुला सुशील थामी पनि घाइते भएका छन्।
मृत्यु हुनेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका- १ का १९ वर्षीय दिपेन्द्र थामी, १८ वर्षीय शिव श्रेष्ठ र ७० वर्षीय मानबहादुर थामी छन्। मृतक तीनै जनाको शव पोष्टमर्टमको लागि दोलखास्थित जिल्ला अस्पताल लग्ने तयारी गरिरहेको छ।
शुक्रबार बिहान साढे ७ बजे भएको बा४ख ५६१६ नम्बरको बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईका अनुसार ५५ जना जन्ती बोकेर दोलखाबाट दुलही लिन पिस्कर हिडेको बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते ५२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।