काठमाडौं- लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा युनाइटेडलले लिभरपुललाई ४-३ गोलले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरेको हो।
खेल सुरु भएको १० मिनेटमै म्याकटोमिनीको गोलबाट युनाइटेडले अग्रता लियो। तर पहिलो हाफको अन्त्यमा एलिस्टर र सलाहले गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो।
त्यसपछि खेलको ८७ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई बराबरीको अवस्थामा ल्याए। निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो।
१०५ मिनेटमा एलियटले गोल गरेपछि लिभरपुलले फेरि अग्रता लियो। तर फेरि युनाइटेडका रास्फोर्ड र डियालोले गोल गर्दा उसले रोमाञ्चक जित हात पार्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।