काठमाडौं- रियल मड्रिडले सेल्टा भिगोमाथि ४-० को सानदार जित निकालेको छ। यो जितसँगै ला लिगाको अंक तालिकामा रियलले शीर्ष स्थान कायम राखेको छ।
आइतबार राति भएको खेलमा रियलले खेलको २१औँ मिनेटमा अग्रता कायम गरेको थियो। भिनिसियस जुनियरले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफमा १ गोलले अगाडि रहेको रियलले खेलको अन्तिम ११ मिनेट भित्रमा ३ गोल गर्दै खेल ४-० ले आफ्नो पक्षमा पार्यो। रियलका लागि २ गोल आत्मघाती भएका थिए।
खेलको ७९औँ मिनेटमा एन्टोनियो रुडिगरको प्रहार रिबाउन्ड भएर गोलकिपर गुआइटालाई लाग्दै आत्मघाती गोलका रुपमा पोस्टमा छिरेको थियो।
रियलको तेस्रो गोल पनि सेल्टाभिगोका डिफेन्डर कार्लोस डोमिनग्वोजले आत्मघाती गरेका थिए। खेलको इन्जुरी समयमा टर्किस युवा खेलाडी आर्डा गुलेरले गोल गर्दै टोलीलाई सहज जित दिलाए। २८ खेलबाट रियलको ६९ अङ्क रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।