काठमाडौं– चालू आर्थिक वर्ष ९२०८०/०८१० को माघ मसान्तमा १ खर्ब ५४ अर्ब ४३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ।
आइतबार राष्ट्रबैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रस्तुत गर्दै सो रकम १ लाख ३२ हजार ७ सय ६ ऋणीलाई प्रवाह भएको जनाएको छ।
यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १ खर्ब ४ अर्ब ६० करोड कर्जा बक्यौता ५२ हजार ५ सय ७४ ऋणीलाई प्रवाह
भएको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ४७ अर्ब ७३ करोड कर्जा बक्यौता ७७ हजार ६ सय २ महिला उद्यमीलाई प्रवाह भएको छ।
यस्तै सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ अर्ब १० करोड कर्जा बक्यौता २ हजार ५ सय ३० ऋणीमा प्रवाह भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।