काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। म्यानचेस्टर युनाइटेडले इभर्टनलाई २–० गोल अन्तरले हरायो।
म्यानचेस्टर युनाइटेडले दुवै गोल पेनाल्टीमार्फत् गरेको थियो। इभर्टनका कप्तान जेम्स टार्कोस्कीले गार्नाचोलाई डिबक्सभित्र फउल गरेपछि म्यानचेस्टर युनाइटेडले पेनाल्टी पाएको थियो।
पेनाल्टीमार्फत् १२ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले अग्रता बनाएको थियो। इभर्टनका डिफेन्डर बेन गोडफ्रेले ३६ औं मिनेटमा पुन: गार्नाचोलाई नै डिबक्सभित्र फउल गरेपछि म्यानचेस्टर युनाइटेडले अर्को पेनाल्टी पाएको थियो। दोस्रो पेनाल्टीमा मार्कुस रास्फोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले २–० को जित निकाल्यो।
प्रिमियर लिगकै अन्य खेलहरुमा वुल्भ्सले फुलहामलाई २–१ गोल अन्तरले हरायो। क्रिस्टल प्यालेस र लुटन टाउनले १–१ को बराबरी खेल्दै अंक बाँडे। बोर्नमाउथ र शेफिल्ड युनाइटेडले पनि २–२ को बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।