काठमाडौं– ब्रेनफोर्डलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा ब्रेनफोर्डलाई आर्सनलले २–१ गोल अन्तरले हरायो।
खेलको १९ औं मिनेटमा ह्वाइटको पासमा राइसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा विसाले गोल गर्दै ब्रेनफोर्डलाई बराबरीमा ल्याएका थियो।
तर खेलको अन्तिमतिर गोल गर्दै आर्सनल विजयी भयो। ८६ औं मिनेटमा ह्वाइटकै पासमा हार्भटजले गोल गरेपछि आर्सनलले २–१ को जित निकाल्यो। जितसँगै २८ खेलबाट ६४ अंकसहित आर्सनल शीर्ष स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।