• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिजोको अनुभव आज सुधारेर भोलिका लागि तयार हुनू

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०३:१४
1140x725

१३७ वर्षसम्म बाँचेका शिवपुरी बाबाका उपदेशहरू खोजीखोजी पढिन्छन्। भारतमा जन्मे पनि शिवपुरी बाबाले नेपालमा ३७ वर्ष बिताए। वास्तविक नाम गोविन्दनन्द भारती भए पनि काठमाडौंको शिवपुरी जंगलमा आश्रम बनाएर साधना गरेका कारण उनलाई शिवपुरी बाबा भनिएको हो।

आज भदौ महिना मूल नक्षत्र परेको छ, आजै शिवपुरी बाबाको जन्म नक्षत्र हो। यसै अवसरमा उनका उपदेश समेटिएको 'स्वधर्म' पुस्तकबाट स्वास्थ्य र जीवनशैलीबारे केही प्रश्नोत्तर राखेका छौं ।

बाबा, हजुर यति लामो उमेरसम्म जीवित भइबक्सेको रहस्य हामीले थाहा पाउन सक्छौं कि?
मनुष्यको सबैभन्दा आवश्यक ऊर्जा नै वीर्य हो। तपाईं वीर्यसञ्चय गरेर राख्न सक्नुहुन्छ भने आयु लम्बिन्छ। तर सबैजसो व्यक्तिहरुबाट त्यसो हुन सम्भव पनि हुन्न। मेराबारे जान्न चाहनुहुन्छ भने मैले जीवनभर ब्रह्मचर्य पालन गरेँ। कहिल्यै पनि माछा, मासु र मसलायुक्त खाना खाइनँ। कति समय त मैले फल खाएर मात्र पनि प्राण रक्षा गरेँ। अहिले म दूध र चिया लिन्छु र नुन खानुपर्यो भने मात्र तरकारी खान्छु।

चकलेट खानुहुन्छ त प्रभु?
खानु ठिक हुन्न। सकेसम्म र मिलेसम्म सात्विक साना नै खानुपर्छ। सात्विक नपाई मात्र राजसिक खानुपर्छ। सात्विक र राजसिक कुनै पनि नपाईएमा र प्राण संकटमा पर्न लागेमा मात्र तामसिक खाना खानू। केही गरी राजसिक खानुपर्यो भने पनि सात्विक आहारभन्दा आधा र तामसिक खानुपर्यो भने सात्विकको एक चौथाई मात्र खानू। बिहानको भोनजमा आधा पेट अन्नले र एक चौथाई पानीले भर्नुपर्छ। बाँकी एक चौथाइ हावा खोलनका लागि राख्नुपर्छ। खाना खाईसकेपछि करिब आधा घन्टा आराम लिनु राम्रो हुन्छ। बेलुकी सुत्नुभन्दा दुई घन्टाअगाडि नै हलुका खानु उचित हुन्छ। राति धेरै खाना खानाले विषको काम गर्छ। खाना दुवै हातले खानुहुन्न। कसैकसैको अरुसँग कुरा गरिरहेको समयमा हातले कागज च्यात्ने, घाँस च्यात्ने, हात यताउति चलाउने आदि बानीहरू पनि हुन्छन्। त्यस्तो बानी पनि हटाउनुपर्छ। 

शरीरको मेहनतअनुसार नै आहार र निद्रा घटबढ गर्न सकिन्छ। राति ९ देखि १० बजेका बीचमा सुत्नु र बिहान ४ बजेको समयमा उठ्नु अति नै उत्तम र फाइदा दिने हुन्छ। वैज्ञानिकहरूले पनि यसैलाई महत्व दिएका छन्। एकै आसनमा धेरै समयसम्म बसिरहँदा पनि चञ्चलपना हट्दछ र  स्वास्थ्य पनि राम्रो हुन्छ। निद्रा नपरे पनि उत्तानो पल्टिरहेमा आराम मिल्छ।

भोलि गर्ने कामको कार्यतालिका बनताउनु र त्यो अनुसार चल्नू। राति सुत्ने बेलामा दिनभर केके काम गर्नु थियो र केके गरेँ भनी सम्झनू। त्यसपछि केके ठिक भयो र केके गल्ती भयो केलाउनू। गल्ती पत्ता लगाएपछि त्यसलाई भोलि दोहोरिन नदिनू। हिजोको अनुभवले आज सुधारेर भोलिका लागि तयार हुनू। 

सात्त्विक, राजसिक र तामसिक आहार केके हुन् त प्रभु? 
गाईको दूध, मसिनो चामल, मुँगीको दाल, परवर, रामतोरिया, कुरिलो, चम्सुर, मेथी, पालुङ्गो, घिरौला, गाभा, मौसम, स्याउ, मालुवा केरा, कागती, सुन्तला, काबुली बदाम आदि सात्त्विक आहार हुन्। 

भैंसीको दूध, रहर, चना, काजु, आलु, आँप, चिया आदि राजसिक आहार हुन् भने भण्टा, फर्सी, मुला, मकै, भटमास, रक्सि, जाँड, बदाम, केराउ, काँक्रो, च्याउ, गोलभेडा, लसुन, प्याज, माछा, मासु, फूला इत्यादि तामसिक आहार हुन्। च्याउ त मासु भन्दा पनि खराब हुन्छ। भण्टा, फर्सी जस्ता वस्तु खानाले कफ बढ्छ। 

Ncell 2
Ncell 2

तितेकरेलाको तितोपना हटाई राम्रो पोलेर, पकाएर वा घिउमा तारेर खाएमा पेटलाई फाइदा गर्छ। तर धेरै खानाले कमजोर पनि गर्छ। खाना अक्सर षड्रस (गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो) ले पूर्ण हुनुपर्छ। खुर्सानी धेरै खानाले रिस लगायत अन्य तामसिक प्रवृत्ति बढ्छ। खुर्सानी खानै मन लागे पनि घिउमा तारेर खानाले कम बिगार गर्छ।

वर्षायाममा कम खानू। यस याममा हरियो तरकारी, सागपात आदि खान छाड्नुपर्छ। करेला, चम्सुर, मेथी र पालुङ्गोले पनि वर्षायाममा फाइदा गर्दैन। आलु परवर घिउमा तारेर खानाले चाहिँ फाइदै हुन्छ। तरकारी उमार्ने कृषकहरूले अनेक प्रकारका मल प्रयोग गरेर तरकारी उमार्छन्। त्यसै गरी गाईबस्तुलाई अनेक प्रकारको दाना खुवाइन्छ। यस्ता तरकारी र दूधले फाइदा गर्दैन। 

गोलबाट पकाएको खानाले राम्रो गर्छ। त्यसपछि दाउरा बालेर पकाएको खानाले। बिजुली, तेजाब र बल्ने तलमा पकाएको खाना खान पनि कठिन हुन्छ र अपज पनि हुन्छ। दिनमा एक पटक दाल खानु ठिक छ। चिउरा खान पनि फाइदा हुन्न। दूध बेलुका र बिहान सेवन गर्नु फाइदा नै हुन्छ। बिहानको खानासँग अलिकति एकराते दही खानु पनि राम्रै हुन्छ। 

खाना कति खाने प्रभु? कस्तो भोजनलाई शुद्ध भनिन्छ?   
परिश्रम गर्नुछ भने त्यही अनुसारको खानू। एकपटक खाना सकेसम्म खानू।  साधारणतः आफूले खानुपर्ने आहार त्यसको आधा हो भनि बुझ्नू। पकउने मानिसको भावना र सफा सुग्घर गर्ने बानीले पनि खानुको गुणमा प्रभाव पर्न जान्छ। 

आफ्नो सच्चा कमाइबाट १० प्रतिशत दान दिई बाँकी भएको चोखो धनको भोजन शुद्ध हुन्छ। यस्तो खाना खानाले मन, बुद्धि र आत्माका साथै शरीर पनि त शुद्ध बन्न जान्छ। सबैभन्दा उत्तम आफूले बनाएको खाना हो। त्यसपछि परिवारले बनाएको। केटाकेटीहरूलाई बाहिर तयार भएको खाने कुरा खान नदिनू। भक्तले श्रद्धाले दिएको सुक्खा राटी राजाको भान्सामा तयार भएको चौरासी व्यञ्जन भन्दा पनि स्वादिलो हुन्छ।

बाबा, सात्त्विक खानाको फाइदा के छ त? 
रगत सफा गर्न जति सकेको सात्त्विक खाना खानू। रगत सफा नगरी बुद्धि सफा हुनै सक्तैन। सात्विक खाना चाँडै पच्छ। यस्तो खाना खाएर जीवन सात्त्विक बनाउन चाहनुहुन्छ भने धेरै बाँच्न पनि सक्नुहुन्छ।

साधारण कमजोर हुनुहुन्छ भने फुल, मासु खाँदै नखानू। शरीरको परिश्रम हेरेर मासु खानु त हुन्छ तर कसैको प्राण लिनुहुन्छ भने त्यसको बदला उसले तपाईंसँग लिन खोज्छ। खेत खन्ने किसानको कामको प्रकृतिअनुसार उसले मासु त खाए हुन्छ। तर त्यस अनुसारको फल त भोग्नैपर्छ। अहिले तपाईं कुनै प्राणीलाई मार्नुहुन्छ। अर्को जन्ममा उसले तपाईंसँग त्यसको बदला लिन्छ। जो मासुमा लुब्ध छ र मासु त्याग्न सक्त्तैन, त्यसको मगज र मन कहिल्यै पनि ठिक हुन्न। बुद्धि पनि बिग्रन्छ। मासु सूक्ष्म बुद्धिको दुस्मन हो।

प्रभु, हामीले कस्तो कपडा लगाउनुपर्ला? 
तपाईंले लगाउने कपडाको अरूले कुरा नकाटून्। आफ्नो आम्दानी र गच्छेबाट भ्याउने गरी कपडा लाउनू। मलाई सबै जना विलासीमा बस्ने भन्दछन्। वास्तवमा मेरो कपडा सफासुग्घर मात्र छ। म साधारण दुईतीन रुपैयाँ पर्ने कपडा लगाए पनि सफा लगाउँछु। मोल धेरै पर्ने भन्दैमा पनि हुँदैन। मानिसले रहनसहनको कला जाने भने जीवन कति सुन्दर बन्थ्यो होला? 

सुदामाजस्तो बाहिरी जीवन बिताउँदै जानू। हृदयलाई परमात्मा– चिन्तनमै व्यस्त गराइरहनू। बाहिरी साधारणपन भनेको साधारण कपडा लगाउनु, साधारण खाना खानु र साधारण रहनसहन अपनाउनु हो। भित्री साधारणपन भनेको व्यावहारिक इच्छा, राग, द्वेष आदि हटाएर परमात्मा– चिन्तन गर्नु हो। 

देश, काल र परिस्थितिअनुसार के–कस्तो कपडा चाहिन्छ बुझ्नू। गरम मौसममा कोटभन्दा इस्टकोट राम्रो हुन्छ। सकभर मोजा नलगाए पनि हुन्छ। मोजाले मगजलाई गरम बनाउँछ। मोजा लगाउनुपरे पनि मोजालाई तलुवापट्टि सानो प्वाल बनाएर लगाउनु ठिक हुन्छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्