• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हिजोको अनुभव आज सुधारेर भोलिका लागि तयार हुनू

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०३:१४
1140x725

१३७ वर्षसम्म बाँचेका शिवपुरी बाबाका उपदेशहरू खोजीखोजी पढिन्छन्। भारतमा जन्मे पनि शिवपुरी बाबाले नेपालमा ३७ वर्ष बिताए। वास्तविक नाम गोविन्दनन्द भारती भए पनि काठमाडौंको शिवपुरी जंगलमा आश्रम बनाएर साधना गरेका कारण उनलाई शिवपुरी बाबा भनिएको हो।

आज भदौ महिना मूल नक्षत्र परेको छ, आजै शिवपुरी बाबाको जन्म नक्षत्र हो। यसै अवसरमा उनका उपदेश समेटिएको 'स्वधर्म' पुस्तकबाट स्वास्थ्य र जीवनशैलीबारे केही प्रश्नोत्तर राखेका छौं ।

बाबा, हजुर यति लामो उमेरसम्म जीवित भइबक्सेको रहस्य हामीले थाहा पाउन सक्छौं कि?
मनुष्यको सबैभन्दा आवश्यक ऊर्जा नै वीर्य हो। तपाईं वीर्यसञ्चय गरेर राख्न सक्नुहुन्छ भने आयु लम्बिन्छ। तर सबैजसो व्यक्तिहरुबाट त्यसो हुन सम्भव पनि हुन्न। मेराबारे जान्न चाहनुहुन्छ भने मैले जीवनभर ब्रह्मचर्य पालन गरेँ। कहिल्यै पनि माछा, मासु र मसलायुक्त खाना खाइनँ। कति समय त मैले फल खाएर मात्र पनि प्राण रक्षा गरेँ। अहिले म दूध र चिया लिन्छु र नुन खानुपर्यो भने मात्र तरकारी खान्छु।

चकलेट खानुहुन्छ त प्रभु?
खानु ठिक हुन्न। सकेसम्म र मिलेसम्म सात्विक साना नै खानुपर्छ। सात्विक नपाई मात्र राजसिक खानुपर्छ। सात्विक र राजसिक कुनै पनि नपाईएमा र प्राण संकटमा पर्न लागेमा मात्र तामसिक खाना खानू। केही गरी राजसिक खानुपर्यो भने पनि सात्विक आहारभन्दा आधा र तामसिक खानुपर्यो भने सात्विकको एक चौथाई मात्र खानू। बिहानको भोनजमा आधा पेट अन्नले र एक चौथाई पानीले भर्नुपर्छ। बाँकी एक चौथाइ हावा खोलनका लागि राख्नुपर्छ। खाना खाईसकेपछि करिब आधा घन्टा आराम लिनु राम्रो हुन्छ। बेलुकी सुत्नुभन्दा दुई घन्टाअगाडि नै हलुका खानु उचित हुन्छ। राति धेरै खाना खानाले विषको काम गर्छ। खाना दुवै हातले खानुहुन्न। कसैकसैको अरुसँग कुरा गरिरहेको समयमा हातले कागज च्यात्ने, घाँस च्यात्ने, हात यताउति चलाउने आदि बानीहरू पनि हुन्छन्। त्यस्तो बानी पनि हटाउनुपर्छ। 

शरीरको मेहनतअनुसार नै आहार र निद्रा घटबढ गर्न सकिन्छ। राति ९ देखि १० बजेका बीचमा सुत्नु र बिहान ४ बजेको समयमा उठ्नु अति नै उत्तम र फाइदा दिने हुन्छ। वैज्ञानिकहरूले पनि यसैलाई महत्व दिएका छन्। एकै आसनमा धेरै समयसम्म बसिरहँदा पनि चञ्चलपना हट्दछ र  स्वास्थ्य पनि राम्रो हुन्छ। निद्रा नपरे पनि उत्तानो पल्टिरहेमा आराम मिल्छ।

भोलि गर्ने कामको कार्यतालिका बनताउनु र त्यो अनुसार चल्नू। राति सुत्ने बेलामा दिनभर केके काम गर्नु थियो र केके गरेँ भनी सम्झनू। त्यसपछि केके ठिक भयो र केके गल्ती भयो केलाउनू। गल्ती पत्ता लगाएपछि त्यसलाई भोलि दोहोरिन नदिनू। हिजोको अनुभवले आज सुधारेर भोलिका लागि तयार हुनू। 

सात्त्विक, राजसिक र तामसिक आहार केके हुन् त प्रभु? 
गाईको दूध, मसिनो चामल, मुँगीको दाल, परवर, रामतोरिया, कुरिलो, चम्सुर, मेथी, पालुङ्गो, घिरौला, गाभा, मौसम, स्याउ, मालुवा केरा, कागती, सुन्तला, काबुली बदाम आदि सात्त्विक आहार हुन्। 

भैंसीको दूध, रहर, चना, काजु, आलु, आँप, चिया आदि राजसिक आहार हुन् भने भण्टा, फर्सी, मुला, मकै, भटमास, रक्सि, जाँड, बदाम, केराउ, काँक्रो, च्याउ, गोलभेडा, लसुन, प्याज, माछा, मासु, फूला इत्यादि तामसिक आहार हुन्। च्याउ त मासु भन्दा पनि खराब हुन्छ। भण्टा, फर्सी जस्ता वस्तु खानाले कफ बढ्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तितेकरेलाको तितोपना हटाई राम्रो पोलेर, पकाएर वा घिउमा तारेर खाएमा पेटलाई फाइदा गर्छ। तर धेरै खानाले कमजोर पनि गर्छ। खाना अक्सर षड्रस (गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो) ले पूर्ण हुनुपर्छ। खुर्सानी धेरै खानाले रिस लगायत अन्य तामसिक प्रवृत्ति बढ्छ। खुर्सानी खानै मन लागे पनि घिउमा तारेर खानाले कम बिगार गर्छ।

वर्षायाममा कम खानू। यस याममा हरियो तरकारी, सागपात आदि खान छाड्नुपर्छ। करेला, चम्सुर, मेथी र पालुङ्गोले पनि वर्षायाममा फाइदा गर्दैन। आलु परवर घिउमा तारेर खानाले चाहिँ फाइदै हुन्छ। तरकारी उमार्ने कृषकहरूले अनेक प्रकारका मल प्रयोग गरेर तरकारी उमार्छन्। त्यसै गरी गाईबस्तुलाई अनेक प्रकारको दाना खुवाइन्छ। यस्ता तरकारी र दूधले फाइदा गर्दैन। 

गोलबाट पकाएको खानाले राम्रो गर्छ। त्यसपछि दाउरा बालेर पकाएको खानाले। बिजुली, तेजाब र बल्ने तलमा पकाएको खाना खान पनि कठिन हुन्छ र अपज पनि हुन्छ। दिनमा एक पटक दाल खानु ठिक छ। चिउरा खान पनि फाइदा हुन्न। दूध बेलुका र बिहान सेवन गर्नु फाइदा नै हुन्छ। बिहानको खानासँग अलिकति एकराते दही खानु पनि राम्रै हुन्छ। 

खाना कति खाने प्रभु? कस्तो भोजनलाई शुद्ध भनिन्छ?   
परिश्रम गर्नुछ भने त्यही अनुसारको खानू। एकपटक खाना सकेसम्म खानू।  साधारणतः आफूले खानुपर्ने आहार त्यसको आधा हो भनि बुझ्नू। पकउने मानिसको भावना र सफा सुग्घर गर्ने बानीले पनि खानुको गुणमा प्रभाव पर्न जान्छ। 

Xtrem

Xtrem

आफ्नो सच्चा कमाइबाट १० प्रतिशत दान दिई बाँकी भएको चोखो धनको भोजन शुद्ध हुन्छ। यस्तो खाना खानाले मन, बुद्धि र आत्माका साथै शरीर पनि त शुद्ध बन्न जान्छ। सबैभन्दा उत्तम आफूले बनाएको खाना हो। त्यसपछि परिवारले बनाएको। केटाकेटीहरूलाई बाहिर तयार भएको खाने कुरा खान नदिनू। भक्तले श्रद्धाले दिएको सुक्खा राटी राजाको भान्सामा तयार भएको चौरासी व्यञ्जन भन्दा पनि स्वादिलो हुन्छ।

बाबा, सात्त्विक खानाको फाइदा के छ त? 
रगत सफा गर्न जति सकेको सात्त्विक खाना खानू। रगत सफा नगरी बुद्धि सफा हुनै सक्तैन। सात्विक खाना चाँडै पच्छ। यस्तो खाना खाएर जीवन सात्त्विक बनाउन चाहनुहुन्छ भने धेरै बाँच्न पनि सक्नुहुन्छ।

साधारण कमजोर हुनुहुन्छ भने फुल, मासु खाँदै नखानू। शरीरको परिश्रम हेरेर मासु खानु त हुन्छ तर कसैको प्राण लिनुहुन्छ भने त्यसको बदला उसले तपाईंसँग लिन खोज्छ। खेत खन्ने किसानको कामको प्रकृतिअनुसार उसले मासु त खाए हुन्छ। तर त्यस अनुसारको फल त भोग्नैपर्छ। अहिले तपाईं कुनै प्राणीलाई मार्नुहुन्छ। अर्को जन्ममा उसले तपाईंसँग त्यसको बदला लिन्छ। जो मासुमा लुब्ध छ र मासु त्याग्न सक्त्तैन, त्यसको मगज र मन कहिल्यै पनि ठिक हुन्न। बुद्धि पनि बिग्रन्छ। मासु सूक्ष्म बुद्धिको दुस्मन हो।

प्रभु, हामीले कस्तो कपडा लगाउनुपर्ला? 
तपाईंले लगाउने कपडाको अरूले कुरा नकाटून्। आफ्नो आम्दानी र गच्छेबाट भ्याउने गरी कपडा लाउनू। मलाई सबै जना विलासीमा बस्ने भन्दछन्। वास्तवमा मेरो कपडा सफासुग्घर मात्र छ। म साधारण दुईतीन रुपैयाँ पर्ने कपडा लगाए पनि सफा लगाउँछु। मोल धेरै पर्ने भन्दैमा पनि हुँदैन। मानिसले रहनसहनको कला जाने भने जीवन कति सुन्दर बन्थ्यो होला? 

सुदामाजस्तो बाहिरी जीवन बिताउँदै जानू। हृदयलाई परमात्मा– चिन्तनमै व्यस्त गराइरहनू। बाहिरी साधारणपन भनेको साधारण कपडा लगाउनु, साधारण खाना खानु र साधारण रहनसहन अपनाउनु हो। भित्री साधारणपन भनेको व्यावहारिक इच्छा, राग, द्वेष आदि हटाएर परमात्मा– चिन्तन गर्नु हो। 

देश, काल र परिस्थितिअनुसार के–कस्तो कपडा चाहिन्छ बुझ्नू। गरम मौसममा कोटभन्दा इस्टकोट राम्रो हुन्छ। सकभर मोजा नलगाए पनि हुन्छ। मोजाले मगजलाई गरम बनाउँछ। मोजा लगाउनुपरे पनि मोजालाई तलुवापट्टि सानो प्वाल बनाएर लगाउनु ठिक हुन्छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्