• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विज्ञानले धर्मलाई शत्रु सम्झनु हुन्न

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०१:१५
1140x725

सन् १८२६ मा भारतको केरला राज्यमा जन्मेका शिवपुरी बाबाको आज जन्म नक्षत्र परेको छ। उनका उपदेशहरूको सँगालो 'स्वधर्म' नामक पुस्तक पनि प्रकाशित छ। भारतमा जन्मिएर नेपालमा ३७ वर्ष बिताएका उनले तृष्णा र जीवनका सन्तुष्टिबारे शिष्यसँग विभिन्न समयमा गरेको कुराकानी :

बाबा, हामीले के गर्नाले शरीर, मन र आत्मा शुद्ध हुन्छ? 
स्नान गर्नाले शरीर शुद्ध हुन्छ। धुनाले वस्त्र शुद्ध हुन्छ। संस्कार गर्नाले गर्भादि शुद्ध हुन्छ। तपस्याले इन्द्रियहरू शुद्ध हुन्छन्। यज्ञ गर्नाले ब्राह्मादि शुद्ध हुन्छन्। दानले धन शुद्ध हुन्छ। सन्तोष गर्नाले मन शुद्ध हुन्छ, तर आत्मा ज्ञानले मात्र शुद्ध हुन्छ। 

हामीले मनुष्य शरीर भगवान्को वरदानले पाएका हौं। आफ्नो कर्तव्य सम्झेर केटाकेटी र पत्नीको हेरविचार गर्नुपर्छ। यसो नगरी हुँदै हुँदैन। यदि भने जस्तो भएन भने उनीहरूको हृदयमा चोट पर्न जान्छ। भनेजस्तो भयो भने उनीहरू हरप्रकारले सहयोग गर्न तयार हुन्छन्। त्यसैगरी, छिमेकीहरूसँग व्यवहार गर्दा पनि विचार पुर्याउनुपर्छ। हामी उनीहरूप्रति कहिल्यै पनि असहयोगी बन्नु हुन्न। आपत् परेका बेलामा हामीले सहयोग गर्यौं भने उनीहरूले हाम्रो कुभलो चिताउँदैनन् र हामीलाई आवश्यक परेका बेलामा मद्दत गर्ने पनि हुन्छन्। 

यस्ता कुरामा विचार पुर्याएपछि हामी प्रसन्न हुन सक्छौं, निरोगी बन्न सक्छौं, प्रशस्त धन कमाउन सक्छौं र जीवन सजिलोसँग बिताउन सक्छौ। परिआएको बेलामा मद्दत दिने खालका इष्टमित्रहरू हाम्रा वरपर हुन्छन् र मद्दत गर्छन्। 

हामीलाई निद्रा कति आवश्यक पर्छ होला त प्रभु? 
शारीरिक परिश्रम अनुसार हामीलाई निद्रा चाहिन्छ। म परिश्रम गर्दिनँ त्यसैले दुई घन्टाको निद्राले नै पुग्छ। 

प्रभु! विज्ञानले धर्मलाई बिगार्यो भन्छन् नि? यस सम्बन्धमा प्रभुको आज्ञा के छ ? जान्न पाउँछौं कि! 
विज्ञान र धर्म एक–अर्काका परिपूरक हुन्। यी दुवैको बीचमा यस प्रकारको वादविवाद हुनु हुन्न। 

विज्ञानले पनि धर्मलाई शत्रु सम्झनु हुन्न र दैवी नियम पनि उल्लंघन गर्न खोज्नु हुन्न। स्वधर्म पालन गर्नु पनि एक किसिमको विज्ञान नै हो। विज्ञानले समाज र मानिसलाई सुख दिन सक्छ भने ठिकै छ नि! तर, अहिलेको सभ्यताले मानिसलाई सुख दिन भने सकेको छैन। यो सम्यता अहिले ओइलाइसकेको छ। 

प्रभु ! हामीले आफ्नो आम्दानीलाई कसरी व्यवस्थित गर्नुपर्ला ? 
पसिनाको कमाइबाट प्राप्त धनलाई कम्तीमा १० प्रतिशत दान गर्नुपर्छ। ६० प्रतिशत खर्च गर्नुपर्छ। ३० प्रतिशत बचत गर्नुपर्छ। यो एउटा नियम हो। तपाईंहरूले बचत पनि गर्नु नै पर्छ किनभने कुन बेला के पर्छ भन्न सकिन्न। दान गर्नाले मन प्रफुल्ल बन्न जान्छ। अरूलाई केही दिन पाउँदा हामीहरू कति खुसी हुन्छौं। यो नियम बिग्रन गयोल भने परिआएका बेलामा व्यवहार चलाउन कठिन हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाबा, हामीले कसरी सन्तोष लिने? 
आफूसँग जेजति छ त्यतिबाटै व्यवहारमा सन्तोष लिँदै आम्दानी अनुसार चल्नु, तर परमात्मा – दर्शन नपाएसम्म उहाँको चिन्तन र ध्यानका लागि भने असन्तोष नै बनिरहनू। सबै भगवानको कृपा हो। भगवानले जे गर्दछन् ठिकै गर्दछन् भन्ने श्रद्धा र विश्वास राख्नू। उहाँकै चरणमा पर्नू। कसैसँग केही कुरा गर्नुपर्छ भने पहिले उसलाई परमेश्वरको प्रतिनिधिको रुपमा आदर गर्नू। 

प्रभु! हाम्रो तृष्णा मेटिन्छ त?
तृष्णा कहिल्यै मेटिँदैन। कुन्तीको जस्तो दुःख खप्न पनि तयार हुनुपर्छ। यदि मैले मलाई नै चिन्न सकिनँ भने अरुलाई के चिनूँला, जानूँला? मानिसले यस्तो विचार लिएर घमण्डबाट मुक्त हुनुपर्छ। मनलाई भावावेशले हाँकेको हुन्छ, जसले गर्दा जहिले जे मन लाग्यो त्यही गरिन्छ, तर मनलाई विवेकले हाँक्नुपर्छ। 

प्रभु, हामीले आत्मा शुद्ध गर्न र आत्माको उन्नतिका लागि के गर्नुपर्ला?
मानिसले पञ्चयज्ञ सम्पन्न गर्नुपर्छ। ती पञ्चयज्ञ हुन् (क) ब्रह्म– यज्ञ (ख) ऋषि– यज्ञ (ग) पितृ– यज्ञ (घ) भूत– यज्ञ (ङ) मनुष्य– यज्ञ। यस प्रकारका यज्ञले आत्मा शुद्ध हुन्छ र आत्माको उन्नतिका लागि यसबाट मद्दत मिल्छ। 

(क) ब्रह्म– यज्ञ
बिहान सबैरै उठेर स्नान, ध्यान, पूजापाठ, व्रत, सात्त्विक भावना लिएर तीर्थयात्रा, आदि। बिहान नुहाइधुवाई सकेपछि पूर्वतर्फ फर्केर अञ्जुलीले सूर्यलाई जल चढाउनू र सूर्य नमस्कारले सबैलाई असलै गर्छ। 

Xtrem

Xtrem

(ख) ऋषि– यज्ञ
सत्सङ्ग र गुरुसेवामा लाग्ने। किनभने यस्तो काममा आफू लाग्नाले सात्त्विक भावना जागृत हुँदै जान्छ। 

ग) पितृ– यज्ञ
आफ्ना पितृहरूको स्मरणमा अन्न, वस्त्र, जल आदि समर्पण गर्ने, पितृहरूको स्मरणमा केही केही दानपुण्ड गर्ने। यसले गर्दा आफ्नो पुर्खा तथा दिवंगत मान्यजनप्रतिको कर्तव्य पूरा हुन्छ। उहाँहरूप्रति कृतज्ञ होइन्छ। 

पितृहरूलाई हामीले अर्पण गरेको सिधा, जल, दान, पुण्य आदि गरेको बारेमा थाहा हुन्छ। मृतआत्माहरूले परमात्मा– दर्शनबाहेक अरु सबै कुरा ज्ञान पाएका हुन्छन्। 

(घ) भूत– यज्ञ
गाई या अरु कुनै प्राणी र गरिबलाई खुवाउने। यिनीहरू पनि परमात्माकै सृष्टि हुन्। यसले गर्दा हामीमा दयाको भावना जागृत हुन्छ। एकआपसमा प्रेम बढ्छ। साँढे, गोरु आदिलाई नुन खान दिनु पनि राम्रो हुन्छ। यसरी नून खान दिनाले अपमानजस्ता कलंकबाट धेरै मात्रामा बच्न सकिन्छ। 

(ङ) मनुष्य– यज्ञ
साथीभाइ र इष्टभित्रलाई आवश्यक परेका बेलामा मद्दत गर्नुपर्छ, जुन गर्नाले हामीलाई परिआएका बेलामा उनीहरूबाट सहयोग मिल्छ। 

अहिले संसारमा मानिसलाई दुःख, सुर्ता र भय लगायतका विविध तापले किन सताइरहेको छ प्रभु? 
यो आज मात्र होइन। मानिसलाई विविध त्रिविध तापले जहिले पनि सताइरहेकै हुन्छ। हामी कुनै राज्यमा बसेका छौं भने राज्यको कानुन अनुसार चल्नुपर्छ र नियम अनुसार तिर्नुपर्ने कर तिर्नुपर्छ। कानुन नमाने, तिर्नुपर्ने कर नतिरे पनि सजाय भोग्नुपर्छ, दुःख पाइन्छ। यसैगरी परमात्माको राज्यमा (ब्रह्माण्ड) पनि हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र परमात्माको कानुन मान्नुपर्छ। हामीलाई परमात्माले शरीर दिएका छन्। त्यसको पनि रक्षा गर्नु नै पर्छ। परिवारको हेरविचार गर्नु, खाना खानु, सुत्नु आदि काम गर्नु नै पर्छ। यस्तो काम हामीले कर तिरेको जस्तो हो। 

आफूले कति खाने? कति सुत्ने? के कुरा हेर्ने? कति कमाउने? परिवारतिर कति लाग्ने इत्यादि कार्यहरू सीमाभित्र गरिरहनुपर्छ। यसो गरेपछि दुःख हुँदै हुँदैन। अनि मनमा आवश्यक कुरामात्र सोच्नुपर्छ र दैवी गुणहरूको अभ्यास गर्नुपर्छ। यसो गरेपछि सुर्ता हुँदै हुँदैन। बाँकी समयलाई ईश्वर– चिन्तनमा लगाएपछि हामीलाई डर (भय) भनेको हुँदै हुँदैन र त्रिविध तापले सताउन सक्तैन। यस्ता किसिमको अवस्थालाई हामी परमसुख अथवा मोक्षको स्थिति भन्न सक्छौं।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्