काठमाडौं– सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा सिटीले एफसी कोपनहेगनलाई ३–१ गोल अन्तरले हरायो।
यसअघि भएको पहिलो लेगमा सिटीले कोपनहेगनलाई ३–१ गोल अन्तरलेले हराएको थियो। समग्रमा ६–२ गोलको नतिजा निकाल्दै डिफेन्डिङ च्याम्पियन सिटी क्वाटरफाइनल प्रवेश गरेको हो।
बुधबार राति भएको खेलमा अकान्जी, अल्भारेज र हालाण्डले १–१ गोल गरे। खेलको पाँचौं मिनेटमा अल्भारेजको पासमा अकान्जीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि नौं मिनेटमा अल्भारेजले ने गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो।
२९ औं मिनेटमा कोपनहेगनले १ गोल फर्कायो। पहिलो हाफको अतिरिक्त समयमा रोड्रिको पासमा हालाण्डले गोल गरेपछि सिटीले ३–१ को जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।