काठमाडौं- प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले शेफिल्ड युनाइटेडमाथि गोलको वर्षा गरेको छ। उक्त खेलमा आर्सनलले शेफिल्डलाई ६-० को फराकिलो अन्तरले हरायो।
अंक तालिकाको पुछारमा रहेको शेफिल्डमाथि एकतर्फी जित निकाल्दै आर्सनलले आफ्नो अपराजित यात्रा कायम राख्यो। आर्सनल यो जितसँगै सात वटा खेलमा अपराजित छ।
शेफिल्डको घरेलु मैदानमा आर्सनलले पूर्वार्द्धको १५ मिनेटमै ३ गोल गरेको थियो। हाफ टाइमअघि नै आर्सनलले शेफिल्डमाथि ५ गोल ठोकेको थियो।
आर्सनलका लागि मार्टिन ओडेगार्ड, गाब्रिएल मार्टिनेली, काई हाभार्ट, डेक्लान राइस र बेन ह्वाइटले एक/एक गोल गरे। एक गोल भने आत्मघाती भएको थयो।
यो जितसँगै आर्सनलको २७ खेलबाट ६१ अंक भएको छ। समान खेलबाट लिभरपुलको ६३ र सिटीको ६२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।