काठमाडौं- चेल्सीलाई हराउँदै लिभरपुलले इएफएल (काराबाओ) कपको उपाधि हात पारेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो।
लिभरपुलको जितमा भिर्गिल भान डाइकले एक गोल गरे। खेलको ३० मिनेटको अतिरिक्त समयमा उनले गरेको गोल नै खेलको निर्णायक बन्यो। उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए।
लिभरपुल इएफएल कप सबैभन्दा बढी १० पटक जित्ने क्लब समेत बनेको छ। इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५–५ पटक जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।