काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको छ। म्यानचेस्टरका लागि दुवै गोल रासम होजलुन्डले गरेका हुन्।
होजलुन्डले पहिलो मिनेटमै गोल गर्दै म्यानचेस्टरला२ अग्रता दिलाए। खेलको सातौँ मिनेटमा एलेजेन्ड्रो ग्रान्चोको पासमा उनैले अर्को गोल गरेपछि म्यानचेस्टरले अग्रता दोब्बर बनायो। खेलको १४औँ मिनेटमा कार्लटन मोरिसले लुटन टाउनका लागि गोल फर्कायो। तर खेल म्यानचेस्टरले २-१ ले जित्यो।
जितसँगै म्यानचेस्टरले ४४ अङ्क बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ भने पराजित भएको लुटन २० अङ्कका साथ १७औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।