काठमाडौं– नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने दाबी गरेका छन्।
महिला आर्थिक पत्रकार संघ (फेजा)ले आइतबार आयोजना गरेको नीतिगत बहस कार्यक्रममा सीईओ ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्षदेखि बैंकहरुले लगानीको प्रतिफल दिन नसक्ने बताएका हुन्।
विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाइ छ। अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। अर्थतन्त्रमा सुधार नआएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने उनको भनाइ छ।
अहिले मुलुकमा पुजीँगत खर्च बढाउनेभन्दा पनि बजेट घटाउने परिपाटी सही नभएकाले यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनले बताए। साधारण खर्चकै लागि ऋण उठाउनुपर्ने स्थितिले अर्थतन्त्र सहज नभएको अवस्था जनाउने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।