• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बामदेव चकचके थिए, अाेलीलाई उखान अाउँदैनथ्याे : पूर्वसभामुख रानाभाट

64x64
नेपाल लाइभ आइतबार, भदौ ३१, २०७५  ०१:१५
1140x725

तारानाथ रानाभाट सबैभन्दा कम उमेरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका व्यक्ति। २०४४ मा केन्द्रीय सदस्य हुँदा प्रखर भूमिका निर्वाह गरेको भन्दै प्रवक्तामा पदोन्नति भएका थिए रानाभाट। २०४८ मै कानुन तथा संसदीय मन्त्री बन्ने सफलता लिएका रानाभाट दुई कार्यकाल पार्टीको महामन्त्री बने।

दुई पटक (२०४८ र २०५६) को संसदीय निर्वाचनमा कास्की –१ बाट निर्वाचित भएका रानाभाट २०५६ मा सभामुख बने।

पार्टीमा शीर्ष तहको भूमिका हुँदै सरकारी लाभको पदमा पुगेका रानाभाट १३औं महाधिवेसनमा आइपुग्दा केन्द्रीय सदस्यमा समेत पराजित बने। सात दशक उमेर काटेका पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको केन्द्र भागमा छन्। ७४ वर्षे रानाभाट भने पार्टीबाट ओझेलमा छन् ।

२०१८ देखि नेपाली कांग्रेसको राजनीतिमा लागेका रानाभाट ४० को दशकबाट कांग्रेसको केन्द्रीय भुमिकामा देखिए। कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाको सक्रिय राजनीति कालमा उनीहरुकै वरिपरी स्थान बनाइरहे। तर, वर्तमानमा किन गुमनाम छन् उनी? उनको गुमनामको इतिहास केलाउन डेढ दशकअघि पुग्नुपर्दछ। दोश्रो जनआन्दोलन लगत्तै उनी गम्भीर बिरामी परे।

उकोमा अप्रेशन गरेकोले राजनीतिमा उनले ध्यान दिनै सकेनन्। परिणामतः कास्की–१ बाट २०६४ मा निर्वाचन लड्न सकेनन्। त्यसपछि कांग्रेसले उनलाई बिर्सियो कि उनले कांग्रेस बिर्सिए भन्न सकिने अवस्था छैन। रानाभाटले आफैले पनि अझै भेउ पाउन सकेका छैनन्। त्यसो त २०५८ पछि राजासँग नजिकिएको भन्दैै तत्कालीन सभापति गिरिजाले उनलाई दूर गरिसकेका थिए।

बाबुका चार भाई छोराहरुमा जेठो पुत्र हुन् रानाभाट। कास्कीको लेखनाथस्थित ठुलाघरे भनी परिचित रानाभाटको परिवार सदस्य संख्या ठुलो थियो। कुल घरानमा जन्मेका रानाभाटको ‘ठुलाघरे’नाम भने अहिले हटेको छ। रानाभाट परिवारका दर्जनौं परिवारका सदस्यहरु अहिले उनीसँग टाढा छन्। उनीसँग छन्– श्रीमती र एक सहयोगी। छोराहरु विदेशिए भने छोरीहरुले आफ्नै घरजम बसाले। 

पार्टी धनवादको कब्जामा 
पार्टी नेतृत्वप्रति उनको चरम असन्तुष्टि रहेछ। पार्टी आफ्नो सिद्धान्तमा विचलित भएको भन्दै गुनासो गरे। ‘कांग्रेसको सिद्धान्त र बिपीको विचार नेतामा छैन’ उनले दुखेसो पोखे। बिपीको १०५औं जन्म जयन्तीको आसपास परेकोले होला। रानाभाटले बिपीकालीन कांग्रेसको स्मरण गरिरहे। 

२०६४ मा स्वास्थ्यका कारण संसदीय निर्वाचनमा टिकट पाउन सकेका थिएनन्। त्यसपछिका निर्वाचनमा टिकट नपाउनुलाई पार्टी डनवादमा पुगेको निष्कर्ष उनको छ। ठेकदार, व्यापारीलाई पैसाको आडमा टिकट वितरण गरेको आरोप लगाए। दोश्रो संविधान सभा र गएको निर्वाचनमा कांग्रेसले  उम्मेदवारको लागि पत्याएन।

Ncell 2
Ncell 2

पार्टीलाई डनवादले कब्जा गरेकोले इमान्दार कार्यकर्ताको अवमूल्यन भएको उनको निष्कर्ष छ। ‘एमालेका सांसद बनेका विनोद चौधरीलाई अहिले किन कांग्रेसमा ल्याएको? उनले पार्टी नेतृत्वलाई प्रश्न गरे। प्रतिवद्ध कार्यकतालाई नेतृत्वले वेवास्ता गरेकोमा रुष्ट छन्। 

गत निर्वाचनमा टिकट पाएको भए कास्की–१ बाट आफू नै निर्वाचित हुने दाबी गरे। गत निर्वाचनमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस पराजित भएको थियो। योग्य व्यक्ति छनोट नहुँदा पराजय भोगेको उनको ठम्याई छ। 

संविधानमा असहमति 
मूलुक नयाँ संविधान कार्यान्वयनको पक्षमा लागेको छ। तर, रानाभाट संघीयता कार्यान्वयन हुनै नसक्ने तर्क राख्छन्। देशको अर्थव्यवस्थाले संघीयता धान्न नसक्ने उनको निचोड छ। शक्तिको विकेन्द्रीकरण गर्नुपर्ने उनको राय दिए उनले। उनको स्पष्ट तर्क छ ‘संघीयताले विखण्डन ल्याउँछ।’

संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्षताप्रति त उनको थप आपत्ति छ। संविधानमा धर्मनिरपेक्षता नेपालीको बलमा नआएको दाबी गर्छन्। २०४७ मा पनि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धर्मनिरपेक्षता लागू गर्न पश्चिमा मुलुकबाट दबाब आएको स्मरण गरे उनले। भट्टराईले अस्वीकार गरेको धर्मनिरपेक्षता दुई दशकपछि पश्चिमाकै प्रभावमा घुसाइएको आरोप उनले लगाए।  

हत्याकाण्डको प्रतिवेदन गिरिजाले नै अघि बढाएनन् 
दरबार हत्याकाण्डको छानबिन गर्न बनाइएको उच्चस्तरीय समितिमा रानाभाट पनि सदस्य थिए। छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका शब्द प्रस्तुत गर्ने क्रममा उनको आलोचना पनि भएको थियो।

आयोगलाई घटनास्थलको प्रकृति र त्यहाँ रहेका मानिसको भनाइ मात्रै बुझ्ने अधिकार दिएको उनले बताए। फौजदारी अभियोगको मुद्दा चलाउने दायित्व सरकारको भएको उनको तर्क छ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै निष्क्रिय रहेको उनले आरोप लगाए। मुद्दा चलाउने काम सरकारको भएको बताउँदै उनले भने ‘संसद बोलाउन प्रधानमन्त्रीलाई भनेको थिएँ ,मान्नुभएन।’
प्रधानमन्त्री ओली त्यो बेला उखानटुक्के थिएनन्
२०४२ सालको सत्याग्रहमा कास्की जेलमा रानाभाटको भेट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भएको रहेछ। रानाभाटको परिवारबाट मात्रै नौं जना सत्याग्रहमा सहभागी भएका थिए। उनीसँगै श्रीमती पनि जेलमा थिइन्। काखे छोरा पनि साथमै थिए। 

त्यस समयको स्मरण गर्दै रानाभाट भन्छन् ‘बच्चाहरुलाई ओलीले साह्रै माया गर्थे।’ बामदेव गौतम पनि कास्की जेलमै थिए। गौतमको व्यवहार भने चकचके पाराको भएको उनले स्मरण गरे।

कांग्रेसका बन्दीलाई सुत्न नदिन थाल ठटाएर अवरोध गर्थे’उनले भने। ओलीको अध्ययन शैलीको रानाभाट प्रशंसक त्यसै बेलादेखि बनेका रहेछन्। उनले सम्झे ‘केही न केही अध्ययन गरेर बसिरहन्थे।’ अाजकाल प्रधानमन्त्री ओलीले भाषण गर्दा कुनै न कुनै उखान टुक्का घुसाइहाल्छन्। तर २०४२ सालको स्मरण गर्दै रानाभाट भन्छन् ‘उनमा उखान टुक्का भन्ने बानी थिएन।’

सक्रियता बढाएँ 
सामान्यतयाः सरकार तथा दलको पदीय भूमिकामा रहेका नेतालाई चाहेकै बेलामा भेट्न समय मिल्दैन÷दिदैनन्। सरकारी पद र आफ्नै दलबाट डेढ दशक वर्षदेखि टाढिएका रानाभाटलाई भेट्न भने मुस्किल भएन।

१८ दिन त्रिवि शिक्षण अस्पतालमा उपचार पछि श्रीमतीलाई डिस्चार्ज गरि भर्खरै निस्केका रानाभाट श्रीमतीको स्वाथ्य हेरचाह गर्न केन्द्रीत थिए। पेटको अप्रेसन गरी निस्केकी श्रीमतीको लागि खाना, औषधी लगायतको व्यवस्थापनको जिम्मेवारी उनकै काँधमा आइपरेको रहेछ। भएको सहयोगी पनि घर बिदामा गएकोले रानाभाट आफंै खटिएका थिए।

७४ वर्षे उमेर कटाउँदै गरेका रानाभाट पछिल्लो समय पार्टीका पुराना नेता भेला हुने स्थानमा पुग्छन्। आफ्ना स्पष्ट धारणा राख्छन्। नेतृत्वलाई आलोचना गर्न कँही पनि छुटाउँदैनन्। कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराइका अनुयायी रानाभाट भन्छन् ‘टिकट पाएँ भने कास्की–१ मा जित्ने कांग्रेस उम्मेवार मै हुँ।’

बिहान सबेरै उठ्ने, धार्मिक कार्यक्रम सुन्ने उनको नियमित दैनिकी हो। टाउको र दुबै आँखाको अप्रेशन गरेका रानाभाटले राजनीतिभन्दा आफ्नै शरीरलाई ध्यान दिनुपर्ने अवस्थामा पुगेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश
रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा स्कटल्यान्डविरुद्ध वेस्टइन्डिज ३५ रनले विजयी
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य शनिबार, माघ २४, २०८२
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा स्कटल्यान्डविरुद्ध वेस्टइन्डिज ३५ रनले विजयी शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
फागुन ६ गते जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्