• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१ वर्षको कार्यकालमा आधा समय संघीय राजधानीमै बिताए, मुख्यमन्त्री सुदूरपश्चिमका हुन् कि काठमाडौंका? 

64x64
शेरबहादुर ऐर आइतबार, माघ २८, २०८०  १२:२४
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार सम्हाल्दै प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने पहिलो निर्णय गरेका थिए। मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका थिए। तर  कार्यकालको १ वर्ष वितिसक्दा समेत समिति गठन हुन सकेको छैन।

सुशासन कायम गराउने भनेका मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा कमिसन र आर्थिक अनियमितता बढ्दै गएको प्रदेश सभा सदस्यहरुको आरोप रहेको छ।

अनुदान र योजना निर्माणमा कमिसन माग्ने प्रवृति यो सरकारमा बढेको प्रदेश सभा सदस्य तथा लेखा समिति सभापति विरबहादुर थापाले बताए। उनले भने, ‘अनुदान वितरणमा कमिसन माग्ने गुनासो आइरहेको छ। मन्त्री र पहुँचका आधारमा बजेट खर्च भइरहेको छ।’

सुदूरपश्चिम प्रदेश सरकारको शनिबार १ वर्ष पुरा गरेको छ। १ वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्री शाहले शनिबार एक कार्यक्रम गरी आफ्ना ‘उपलब्धि’हरु सार्वजनिक गरे। मुख्यमन्त्री शाहले आफ्नो सरकारको १ वर्षे कार्यकाल राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सुखद् रूपमा बितेको भन्दै आत्मसन्तुष्टि जनाए।  

कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशीलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रूपमा उत्रिन नसकेको मुख्यमन्त्रीले स्वीकार गरे। तर, जानकारहरु भने मुख्यमन्त्री शाह जनताका सवालमा भन्दा बढी सत्ता सुरक्षित गर्नमै बढी भएको बताउँछन्। 

मुख्यमन्त्री शाहकै पार्टी नेपाली कांग्रेसका नेताहरु पनि सरकारको काम–कारबाहीप्रति सन्तुष्ट छैनन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुले पनि शाह नेतृत्वको सरकारका कामप्रति ‘चित्त बुझाउन’ सकेका छैनन्। 

प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुको दुरी बढ्दै गएको छ। प्रदेश सभालाई विजनेस दिन नसक्नु र प्रदेश सरकारले जनमैत्री काम गर्न नसकेको भन्दै सत्तापक्षका दलहरु नै आक्रोसमा रहेका छन्।

प्रदेश सरकार गठन भएयता आवश्यक कानुन निर्माण हुन सकेका छैनन्। सरकारले प्रदेश सभामा नयाँ ऐन निर्माण गर्नुभन्दा पुरानै ऐन संशोधन गर्ने विधेयक प्रदेश सभामा लगिरहेको छ। विपत् व्यवस्थापन सम्बन्धी ऐन संशोधन भइ सभाबाट पारित भइसकेको छ भने केही ऐन संशोधन गर्ने विधेयक प्रदेश सभाको विषयगत समितिमा छलफलको क्रममा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सरकार गठन भएको लामो समयपछि प्रदेश सभाको विषयगत समितिले पुर्णता पाएको थियो।

शाह नेतृत्वको सरकारको बजेट खर्चमा पनि सुस्त गति देखिएको छ। 

२०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले २७ गते आफ्नो नेतृत्वमा २ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। भौतिक पूर्वाधारमा नेपाली कांग्रेसका नेता प्रकाश देउवा र आर्थिक मामिलामा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई मन्त्रीको जिम्मेवारी दिए। 

३ पटक मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री शाहले आफ्नो १ वर्षे कार्यकालमा ३ पटक मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्। माघ २७ गतेपछि शाहले २०८० जेठ ६ गते कांग्रेस र माओवादीबाट मन्त्री नियुक्त गरेका थिए। यस्तै, २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिकास बजेट खर्च सुस्त
शाह नेतृत्वको प्रदेश सरकार चालु आर्थिक वर्ष २०८०/०८१ मा पूँजीगत (विकास) बजेट खर्च गर्नमा एकदमै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको पुस महिनासम्ममा ११ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। पूँजीगत खर्च हुन नसक्नुले प्रदेशमा विकास निर्माण निकै सुस्त गतिमा अघि बढेको जनाउँछ। 

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो। तर, पहिलो ७ महिनाको अवधिमा पुँजीगतर्फ २ अर्व ३ करोड ९० लाख ७५ हजार रुपैयाँ मात्र खर्च गरेको छ। 

चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रकम विनियोजन गरिएकोमा प्रदेश सरकारले ७ महिनामा ४ अर्व ६९ करोड ६५ लाख ५२ हजार ५१२ रकम खर्च गरेको छ।

भ्रमण र उद्‌घाटनमै बित्यो १ वर्ष
मुख्यमन्त्री शाह आफ्नो कार्यकालको १ वर्षे अवधिमा अधिकांश समय संघीय राजधानी काठमाडौंमा रहे। उनले मुख्यमन्त्रीको सपथ लिएको दिनदेखिको विवरण हेर्दा उनले झण्डै आधा समय काठमाडौं बिताएको देखिन्छ। 

२०७९ माघ २९ गतेदेखि गत मंसिरको २१ गतेसम्मको विवरणअनुसार उनी ११६ दिन काठमाडौं बसेको भेटिन्छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले दिएको तथ्याङ्कअनुसार २०७९ सालको माघ २८ गतेदेखि शाहको संघीय राजधानी काठमाडौंको यात्रा सुरु भएको देखिन्छ। २०८० मंसिर २१ गते सम्मको तथ्याङ्क हेर्दा मुख्यमन्त्री शाहले आफ्नो कार्यकालको २९४ दिनमध्ये ११६ दिन काठमाडौंमा बिताएका छन्। 

आफ्नो १ वर्षे कार्यकालको आधा समय काठमाडौंमा बिताएका शाहले सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका लागि भने २७ दिन मात्रै खर्चेका छन्। ‘काठमाडौं ११६ दिन बस्ने र पहाडी जिल्लाका लागि २७ दिन मात्रै खर्चिने मुख्यमन्त्री सुदूरपश्चिमका हुन कि काठमाडौंका?’ प्रमुख प्रतिपक्षी दल एमालेका १ जना नेता व्यंग गर्छन्।

मुख्यमन्त्री शाहले २२ पटक काठमाडौं ओहर–दोहर गरेका छन्। कुनै महिना त उनी ३–४ पटक नै काठमाडौं गएको देखिन्छ।  उनी २०७९ सालको फागुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा ३ पटक उनी संघीय राजधानी उडेका थिए। 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्