• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१ वर्षको कार्यकालमा आधा समय संघीय राजधानीमै बिताए, मुख्यमन्त्री सुदूरपश्चिमका हुन् कि काठमाडौंका? 

64x64
शेरबहादुर ऐर आइतबार, माघ २८, २०८०  १२:२४
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार सम्हाल्दै प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने पहिलो निर्णय गरेका थिए। मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका थिए। तर  कार्यकालको १ वर्ष वितिसक्दा समेत समिति गठन हुन सकेको छैन।

सुशासन कायम गराउने भनेका मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा कमिसन र आर्थिक अनियमितता बढ्दै गएको प्रदेश सभा सदस्यहरुको आरोप रहेको छ।

अनुदान र योजना निर्माणमा कमिसन माग्ने प्रवृति यो सरकारमा बढेको प्रदेश सभा सदस्य तथा लेखा समिति सभापति विरबहादुर थापाले बताए। उनले भने, ‘अनुदान वितरणमा कमिसन माग्ने गुनासो आइरहेको छ। मन्त्री र पहुँचका आधारमा बजेट खर्च भइरहेको छ।’

सुदूरपश्चिम प्रदेश सरकारको शनिबार १ वर्ष पुरा गरेको छ। १ वर्ष पुरा भएको अवसरमा मुख्यमन्त्री शाहले शनिबार एक कार्यक्रम गरी आफ्ना ‘उपलब्धि’हरु सार्वजनिक गरे। मुख्यमन्त्री शाहले आफ्नो सरकारको १ वर्षे कार्यकाल राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सुखद् रूपमा बितेको भन्दै आत्मसन्तुष्टि जनाए।  

कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशीलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रूपमा उत्रिन नसकेको मुख्यमन्त्रीले स्वीकार गरे। तर, जानकारहरु भने मुख्यमन्त्री शाह जनताका सवालमा भन्दा बढी सत्ता सुरक्षित गर्नमै बढी भएको बताउँछन्। 

मुख्यमन्त्री शाहकै पार्टी नेपाली कांग्रेसका नेताहरु पनि सरकारको काम–कारबाहीप्रति सन्तुष्ट छैनन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुले पनि शाह नेतृत्वको सरकारका कामप्रति ‘चित्त बुझाउन’ सकेका छैनन्। 

प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुको दुरी बढ्दै गएको छ। प्रदेश सभालाई विजनेस दिन नसक्नु र प्रदेश सरकारले जनमैत्री काम गर्न नसकेको भन्दै सत्तापक्षका दलहरु नै आक्रोसमा रहेका छन्।

प्रदेश सरकार गठन भएयता आवश्यक कानुन निर्माण हुन सकेका छैनन्। सरकारले प्रदेश सभामा नयाँ ऐन निर्माण गर्नुभन्दा पुरानै ऐन संशोधन गर्ने विधेयक प्रदेश सभामा लगिरहेको छ। विपत् व्यवस्थापन सम्बन्धी ऐन संशोधन भइ सभाबाट पारित भइसकेको छ भने केही ऐन संशोधन गर्ने विधेयक प्रदेश सभाको विषयगत समितिमा छलफलको क्रममा छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश सरकार गठन भएको लामो समयपछि प्रदेश सभाको विषयगत समितिले पुर्णता पाएको थियो।

शाह नेतृत्वको सरकारको बजेट खर्चमा पनि सुस्त गति देखिएको छ। 

२०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले २७ गते आफ्नो नेतृत्वमा २ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। भौतिक पूर्वाधारमा नेपाली कांग्रेसका नेता प्रकाश देउवा र आर्थिक मामिलामा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई मन्त्रीको जिम्मेवारी दिए। 

३ पटक मन्त्रिपरिषद् विस्तार
मुख्यमन्त्री शाहले आफ्नो १ वर्षे कार्यकालमा ३ पटक मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्। माघ २७ गतेपछि शाहले २०८० जेठ ६ गते कांग्रेस र माओवादीबाट मन्त्री नियुक्त गरेका थिए। यस्तै, २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

बिकास बजेट खर्च सुस्त
शाह नेतृत्वको प्रदेश सरकार चालु आर्थिक वर्ष २०८०/०८१ मा पूँजीगत (विकास) बजेट खर्च गर्नमा एकदमै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको पुस महिनासम्ममा ११ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। पूँजीगत खर्च हुन नसक्नुले प्रदेशमा विकास निर्माण निकै सुस्त गतिमा अघि बढेको जनाउँछ। 

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको थियो। तर, पहिलो ७ महिनाको अवधिमा पुँजीगतर्फ २ अर्व ३ करोड ९० लाख ७५ हजार रुपैयाँ मात्र खर्च गरेको छ। 

चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रकम विनियोजन गरिएकोमा प्रदेश सरकारले ७ महिनामा ४ अर्व ६९ करोड ६५ लाख ५२ हजार ५१२ रकम खर्च गरेको छ।

भ्रमण र उद्‌घाटनमै बित्यो १ वर्ष
मुख्यमन्त्री शाह आफ्नो कार्यकालको १ वर्षे अवधिमा अधिकांश समय संघीय राजधानी काठमाडौंमा रहे। उनले मुख्यमन्त्रीको सपथ लिएको दिनदेखिको विवरण हेर्दा उनले झण्डै आधा समय काठमाडौं बिताएको देखिन्छ। 

२०७९ माघ २९ गतेदेखि गत मंसिरको २१ गतेसम्मको विवरणअनुसार उनी ११६ दिन काठमाडौं बसेको भेटिन्छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले दिएको तथ्याङ्कअनुसार २०७९ सालको माघ २८ गतेदेखि शाहको संघीय राजधानी काठमाडौंको यात्रा सुरु भएको देखिन्छ। २०८० मंसिर २१ गते सम्मको तथ्याङ्क हेर्दा मुख्यमन्त्री शाहले आफ्नो कार्यकालको २९४ दिनमध्ये ११६ दिन काठमाडौंमा बिताएका छन्। 

आफ्नो १ वर्षे कार्यकालको आधा समय काठमाडौंमा बिताएका शाहले सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका लागि भने २७ दिन मात्रै खर्चेका छन्। ‘काठमाडौं ११६ दिन बस्ने र पहाडी जिल्लाका लागि २७ दिन मात्रै खर्चिने मुख्यमन्त्री सुदूरपश्चिमका हुन कि काठमाडौंका?’ प्रमुख प्रतिपक्षी दल एमालेका १ जना नेता व्यंग गर्छन्।

मुख्यमन्त्री शाहले २२ पटक काठमाडौं ओहर–दोहर गरेका छन्। कुनै महिना त उनी ३–४ पटक नै काठमाडौं गएको देखिन्छ।  उनी २०७९ सालको फागुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा ३ पटक उनी संघीय राजधानी उडेका थिए। 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन मन्त्री र सांसदलाई सभापति लामिछानेको चेतावनी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरुलाई अमर्यादित गतिविधि नगर्न निर्देशन दिएका छन् । बुधबार, भदौ ३, २०८३
भूकम्पपीडितको आवास निर्माणसम्बन्धी कानुन संशोधनको तयारी, एक भन्दा बढी लाभग्राही हुन नपाउने कानुन संशोधन गर्न कार्यदल गठन बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले एक परिवारबाट एक जनाभन्दा बढ... बुधबार, भदौ ३, २०८३
मुख्यमन्त्री बनेको तीन सातापछि कर्णालीमा सरकार विस्तार, एमालेका तीन मन्त्रीको शपथ बुधबार मुख्यमन्त्री मंगलबहादुर शाहीले एमालेका तीन मन्त्रीलाई सहभागी गराउँदै सरकार विस्तार गरेका हुन् । बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको आदेश, व्यर्थ भयो उपसभामुखको जाहेरी बुधबार, भदौ ३, २०८३
सर्लाहीको बासबारीमा एकै घरबाट १५ बोरा गाँजा बरामद, घरधनी फरार बुधबार, भदौ ३, २०८३
भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न, चार दिनमा क–कसलाई भेटे? बुधबार, भदौ ३, २०८३
अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन मन्त्री र सांसदलाई सभापति लामिछानेको चेतावनी बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्