काठमाडौं– लिभरपुलले आफ्नो शीर्ष स्थानको यात्रालाई कायमै राखेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–१ गोल अन्तरले हरायो।
घरेलु मैदानमा भएको खेलाम ३१औं मिनेटमा हेडमार्फत गोल गर्दै जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए। ४५औं मिनेटमा ओसिएले गोल गरेपछि बर्नलीले खेल १–१ को बराबरीमा ल्याएको थियो।
तर दोस्रो हाफमा घरेलु टोली लिभरपुलले थप २ गोल गरेपछि जित निकाल्यो। दोस्रो हाफमा डियाच र नुनेजले गोल गरे।
जितसँगै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा यथावत छ। २४ खेलबाट ५४ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। १ खेल कम खेलको म्यानचेस्टर सिटीको ५२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।