धनगढी- कैलालीको मध्यवर्ती क्षेत्र गौरिगंगा नगरपालिकामा गौरिगंगा कप फुटवल प्रतियोगिता २०८० हुने भएको छ। गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा तेस्रो संस्करणको सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०८० फागुन २१ देखि सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। प्रतियोगिता २९ गतेसम्म चल्नेछ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबर्द्धन, नगर क्षेत्रलाई खेलकूदको चहलपहल बढाउने, व्यावसायिक खेलाडी बनाउने, यहाँका अभिभावकलाई खेलकुदतिर उत्प्रेरित गर्न र कैलालीको मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला निर्माण गर्ने उद्देश्य साथ कैलालीको गौरीगङ्गा नगरपालिकामा फुटबल प्रतियोगिता हुने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।
प्रतियोगितामा १० टिमको सहभागिता रहने र विजेता टिमलाई ट्रफी सहित प्रथम हुने टिमले रु ६ लाख र उपविजेता टिमले रु ३ लाख प्राप्त गर्नेछन्।
यस्तै सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक खेलाडीले रु १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको ‘म्यान अफ द म्याच’ पुरस्कार रु ५ हजार रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।