एजेन्सी– एसियन कपको दाबेदार मानिएको दक्षिण कोरिया फाइलन प्रवेशबाट रोकिएको छ। सेमिफाइनलमा कोरियालाई स्तब्ध पार्दै जोर्डनले फाइनलको यात्रा तय गरेको छ।
फिफाको विश्व वरीयतामा आफूभन्दा निकै माथि रहेको दक्षिण कोरियालाई २-० गोलले हराउँदै जोर्डनले पहिलोपटक एसियन कपको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो।
खेलको ५३औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लिएको थियो। मूसा अल तामरीको पासमा याजान अल नैमातले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।
त्यसपछि ६६औं मिनेटमा जोर्डनले अग्रता दोब्बर बनायो। पहिलो गोलका लागि असिस्ट गरेका अल तमारीले उत्कृष्ट एकल गोल गर्दै कोरियाविरुद्धको अग्रता दोब्बर बनाए।
जोर्डनले एसियन कपको उपाधिका लागि अब कतार तथा इराकमध्ये एउटासँग प्रतिस्पर्धा गर्नेछ। एसियन कप फुटबलको दोस्रो सेमिफाइनल खेल बुधबार हुँदैछ। दोस्रो सेमिफाइनलमा आयोजक कतार र इरान भिड्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।