काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उत्कृष्ट कमब्याक जित निकालेको छ। नेपाली समयानुसार सोमबार राति भएको खेलमा सिटीले ब्रेनफोर्डमाथि ३–१ को कमब्याक जित निकाल्यो।
खेलको २१औं मिनेटमा फ्लेक्किनको पासमा माउपेले गोल गर्दै ब्रेनफोर्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा फोडेनले गोल गर्दै पाहुना टोली सिटीलाई १–१ को बराबरीमा ल्याए।
५३औं मिनेटमा डी–ब्रुयनाको पासमा र ७०औं मिनेटमा हालाण्डको पासमा फोडेनले ह्याट्रिक गोल पूरा गरेपछि सिटीले ३–१ को जित निकाल्यो।
जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ। २२ खेलबाट ४९ अंकसहित सिटी दोस्रो स्थानमा रहँदा १ खेल बढी खेलेको लिभरपुल ५१ अंकसहित शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।