काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ। आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सी वुल्भ्सँग ४–२ गोल अन्तरले पराजित भयो।
वुल्भ्सको जितमा म्याथुसले ह्याट्रिक गरे। १९ औं मिनेटमा कासिडोको पासमा पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। लगत्तै २२ औं मिनेटमा गोमेजको पासमा म्याथुसले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो। ४३ औं मिनेटमा आत्मघाती गोलमार्फत वुल्भ्सले अग्रता बनायो।
६३ औं मिनेटमा नेटोको पासमा म्याथुसले अर्को गोल थपे। ८२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक गरे। चेल्सीका लागि दोस्रो गोल ८६ औं मिनेटमा सिल्भाले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।