काठमाडौं– इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल आर्सनलसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल आर्सनलसँग ३–१ गोल अन्तरले पराजित भयो।
खेलको १४ औं मिनेटमा साकाको गोलमार्फत् आर्सनलले अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा गाब्रियल जिससले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिभपुर १–१ को बराबरीमा आएको थियो।
दोस्रो हाफको ६७औं मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनलले पुनः २–१ को अग्रता बनायो। ८८ औं मिनेटमा कोन्टे दोहोरो पहँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो।
९० मिनेटपछिको अतिरिक्त समयमा ट्रासार्डले गोल गरेपछि आर्सनलले ३–१ को नजिता निकाल्यो। लिग लिडर लिभरपुल आर्सनलसँग पराजित भएसँगै उपाधि होड रोमाञ्चक बनेको छ।
२३ खेलबाट ५१ अंकसहित लिभरपुल शीर्ष स्थानमा रहँदा समान खेलबाट ४९ अंकसहित आर्सनल दोस्रो स्थानमा छ। २ खेल कम खेलेको म्यानचेस्टर सिटी ४६ अंकसहित तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।