काठमाडौं– स्पेनिस ला–लिगामा आइतबार राति भएको मड्रिड डर्बी (रियल मड्रिड र एथ्लेटिको मड्रिड)बीचको खेल बराबरीमा सकिएको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडे। खेलको २० औं मिनेटमा ब्राहिमको गोलमा रियल मड्रिडले अग्रता लिएको थियो। निर्धारित ९० मिनेटसम्म घरेलु टीम रियल मड्रिड १–० ले अघि थियो।
तर ९० मिनेटपछिको अतिरिक्त समयमा एथ्लेटिको मड्रिडले गोल गरेपछि खेल बराबरीमा सकियो। ९३ औं मिनेटमा डिपाएको पासमा लोरेन्टेले गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो।
बराबरीमा रोकिए पनि २३ खेलबाट ५८ अंकसाथ रियल ला–लिगाको शीर्ष स्थानमा छ। समान खेल खेलेको जिरोनाको ५६ अंक, बार्सिलोनाको ५० र एथ्लेटिको मड्रिडको ४८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।