काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाले धरहरामा पार्किङ बन्द गर्नु भन्दै आएको पत्रप्रति आक्रोश व्यक्त गरेका छन्।
सडकबाट पार्किङ हटाएर धरहराको भुँइतलामा पार्किङ नि:शुल्क गरेको महानगरलाई धरहराबाट निर्माण चलिरहेकाले पार्किङ बन्द गर्नु भन्दै पत्र आएको थियो। त्यसपछि सोमबार बिहानै सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले त्यसप्रति उनले आपत्ति जनाएका छन्।
‘उद्घाटन भएकै दुई वर्ष ९ महिना पुगिसक्दासमेत सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ–धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू। यस्तो पत्र लेख्नुको औचित्य के हो?’ मेयर शाहले प्रश्न गरेका छन्।
साथै उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आह्वान पनि गरेका छन्।
‘संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौं’, उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।