सप्तरी- अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी खड्क नगरपालिका-५ खोजपुर बस्ने ५० वर्षीय शुभ नारायण ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत सप्तरीको २०७५ जेठ ३० गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका शुभ नारायणलाई अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।