काठमाडौं– नेपाल डेरी एसोसिएसनले खेलाडीहरुको डाइटमा दूध तथा दुग्ध पदार्थ अनिवार्य समावेश गर्न माग गरेको छ। खेलकुद मन्त्रालय लगायत खेलकुदसँग सम्बन्धित सबै निकायलाई पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समावेश गर्न एसोसिएसनलेआग्रह गरेको हो।
एसोसिएसनले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलुकद परिषद्, सातै प्रदेशका खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति र स्थानीय तहका खेलकुद् शाखालाई पत्र लेख्दै खेलाडीहरुको डाइटमा अनिवार्य दूध हुनुपर्ने माग गरेको छ।
दुग्ध क्षेत्रमा कहिल्यै नभोगेका, नसुनेका ठूलो समस्या भोग्नु परेको भन्दै फागुनदेखि डेरी सेक्टरमा सिजन सुरु हुनुपर्ने भए पनि यो वर्ष दूधजन्य पदार्थको माग कम भएको एसोसिएसनले जनाएको छ।
दूधको उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी आदि कारण रहेको एसोसिएसनले पत्रमार्फत जनाएको छ। यस्तै नेपालमा भन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिँदा नेपाली दूधको बजार घटेको एसोसिएसनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।