काठमाडौं– स्पेनिस ला–लिगाको लिग लिडरमा अघिपछि पर्दै आएको जिरोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा जिरोना गोलरहित बराबरीमा रोकियो।
जिरोना बराबरीमा रोकिँदा रियल मड्रिडलाई फाइदा भएको छ। जिरोना बराबरीमा रोकिँदा जिरोना शीर्ष स्थानमा उक्लिने मौका गुमायो। २३ खेलबाट जिरोनाको ५६ अंक छ भने एक खेल कम खेलेको रियल मड्रिड ५७ अंकसहित शीर्ष स्थानमा छ।
ला–लिगाकै अन्य खेलहरुमा ग्रानाडा र लस पाल्मसले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। भ्यालेन्सियाले भने अल्मेरियालाई २–१ गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।