काठमाडौं– ८ गोलको वर्षा भएको खेलमा न्यूक्यासल युनाइटेड र लुटन टाउनले बराबरी खेल्दै अंक बाँडेका छन्।इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा यी दुई टोलीले ४–४ को बराबरी खेल्दै अंक बाँडे।
न्यूक्यासलका लागि एस लङस्टाफले २, ट्रिपियर र बार्नेसले १–१ गोल गरे। लुटन टाउनका लागि ओशो, बाक्र्ली, मोर्रिस र एडेबायाले १–१ गोल गरे।
त्यसैगरी प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले हरायो। ब्राइटनका लागि डुन्क,हिन्सेलवुड, बेओनानोट र पेड्रोले १–१ गोल गरे। प्यासेलका लागि माटेटाले १ गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।