काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनहाम इभर्टनसँग बराबरीमा रोकिएको छ।
इभर्टनको घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा आफ्नो अग्रता जोगाउन नसक्दा टोटनहाम २–२ को बराबरीमा रोकियो। कखेलको चौथो मिनेटबाटै टोटनहामले अग्रता लिएको थियो।
उडोगीको पासमा रिचर्डलिसनले गोल गर्दै पाहुना टोली टोटनहामलाई अग्रता दिलाएका थिए। तर, ३० औं मिनेटमा इभर्टनका लागि काल्भर्ट लिवीनको पासमा ह्यारिसनले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो।
४१ औं मिनेटमा मेडिसनको पासमा पुनः रिचर्डलिसनले अर्को गोल गरेपछि टोटनहामले २–१ को अग्रता बनायो। तर ९० मिनेटपछिको अतिरिक्त समयमा ब्रेन्थह्वाइटले गोल गरेपछि इभर्टनले २–२ को बराबरीमा खेल सक्कायो।
प्रिमियर लिगकै अन्य खेलहरुमा बर्नली र फुलहामले पनि २–२ को बराबरी खेल्दै अंक बाँडे। शेफिल्ड युनाइटेड एस्टन भिल्लासँग ५–० गोल अन्तरले पराजित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।