• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब दौडिन सक्छन् रिकबहादुर, कृत्रिम खुट्टा हाल्न झापादेखि भैरहवा

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०६:०३
1140x725

भैरहवा- बुद्ध शान्ति गाँउपालिका-५ झापाका ६० वर्षीय रिकबहादुर कुमालको बायाँ खुट्टाको औंलामा अचानक घाउको सानो फोको देखियो। उनले वास्ता गरेनन्। तीव्र रुपमा आकार बढ्दै गएपछि भने नजिकको क्लिनिकमा गएर देखाए। तर पनि घाउको फोको बढ्ने क्रम रोकिएन। 

पछि चिकित्सकले पत्ता लगाए– उनलाई खुट्टामा क्यान्सर भएको रहेछ। यो सुन्नासाथ उनी छाँगामाथिबाट खसेझैं भए। परिवार झस्किए। आफ्नो कमाइले परिवारको जीवनकोपार्जन गर्दै आएका उनी एकाएक चिन्तामा डुब्न थाले।

000

८ वर्षअघि रिकबहादुरलाई घाउ देखापरेको थियो। लामो समय लगाएर उनले उपचार गरे। देशका विभिन्न अस्पतालमा भौंतारिए। आफूले जोरजम्मा गरेको सबै रकम उपचार खर्चमै लगाए। 'त्यत्तिले मात्रै पुगेन, गरीखाने थोरै खेतबारीसमेत बन्धकी राख्नुपर्यो,' उनी भावुक बन्दै भन्छन्, 'तर, पनि घाउ निको भएन क्यान्सर अझै फैलिने भएपछि डाक्टरले खुट्टा काटेर फालिदिए।'

उनले खुट्टा नै गुमाएपछि श्रीमती, दुई छोरी र एक छोराका लागि जीविकोपार्जन जटिल बन्दै गयो। किनकि उनी बैसाखीको सहारा लिने भइसकेका थिए।

रिकबहादुर अशक्त भएपछि कक्षा १२ मा पढ्दै गरेकी छोरी र कक्षा १० पास गरेका छोराले बीचमै पढाइ छाड्नुपर्‍यो। 

'बुवाको उपचार गर्दा भएको पैसा सकियो। जग्गाजमिन बन्धकी राखेर खर्च जुटाउनुपर्‍यो,' छोरी समिरा भन्छिन्, 'विद्यालयमा फि तिर्ने पैसा समेत नभएपछि बाध्यतापूर्वक बीचमै पढाइ छाडेर घर खर्च चलाउने जोहोमा लाग्यौं।' 

Ncell 2
Ncell 2
nimb
nimb

एक वर्ष अघिसम्म त रिकबहादुरकी पत्नीले घरव्यवहार धानिरहेकी थिइन्। उनको निधन भएपछि सम्पूर्ण जिम्म्वारी छोराछोरीमा आइलागेको छ। 'आमा बितेपछि कलिलै उमेरको भाइलाई ऋण काढेर वैदेशिक रोजगारीको लागि चार महिनाअघि खाडी मुलुक पठाउन बाध्य भयौँ,' समिरा भन्छिन्।

समिराकी बहिनी कक्षा ६ मा पढ्छिन्। उनका लागि पनि खर्च जुटाउनुपर्ने बाध्यता समिरालाई छ। अहिले उनी बुद्धशान्ति गाउँपालिकामा कार्यालय सहयोगीको काम गर्छिन्। 

000

गाउँपालिकामा कामकै सिलसिलमा फेसबुक चलाउँदै थिइन् समिरा। एउटा पोस्ट देखिन्, मारवाडी सेवा समितिको। जहाँ कृत्रिम खुट्टाको उपचार सम्बन्धी उल्लेख गरिएको थियो। पहिलो पटक कृत्रिम खुट्टाको उपचारबारे देखेको सूचनामा उनी विश्वस्त हुन सकिनन्। त्यहाँ सम्पर्क नम्बर पनि राखिएको थियो। उनले उक्त नम्बरमा फोन गरिन्। 'राम्रो रेस्पोन्स पाएपछि ढुक्क भएँ,' भैरहवामा भेटिएकी उनले सुनाइन्, 'बुवालाई अब त्यहीँ लगेर कृत्रिम खुट्टा हाल्ने योजना बनाएको थिएँ। पूरा होला भन्ने आशा छ।'

Xtrem

Xtrem

विगतका आठ वर्ष निकै कष्टकर रहे पनि अबका दिन सहज हुनेमा उनी विश्वस्त छिन्।

मारवाडी सेवा समिति काठमाडौंको सहयोगमा मारवाडी युवा मञ्च भैरहवा र मारवाडी युवा मञ्च बुटवलले आयोजना गरेको कृत्रिम खुट्टा निःशुल्क वितरण शिविरमा आएका कुमालले आफ्नो खुट्टाको नाप दिएर फर्किएका छन्। 

खुट्टाको नाप दिँदै रिकबहादुरले आफूले अब नयाँ जीवन पाउने अनुभूति भइरहेको भन्दै समिति आफ्ना लागि देउतासरह रहेको बताए। पैसाको जोहो गरेर भैरहवा आएका उनलाई आवतजवातको खर्च ६ हजार ५ सय रुपैयाँ शिविरका संयोजक अरुण अग्रवालले प्रदान गरेका छन्। रिकबहादुरको नाप अनुसार कृत्रिम खुट्टा एक महिनाभित्र तयार हुने र उनी सहज रुपमा विगत जस्तो जीवन बिताउन सक्ने मारवाडी युवा मञ्च भैरहवाका अध्यक्ष मनोज अग्रवाल बताउँछन्।

कृत्रिम खुट्टा लगाउन कुमाल परिवारलाई भैरहवा आउने पैसाको समेत समस्या पर्ने भएकाले आफूहरुले उनका लागि कृत्रिम खुट्टा घरमै पुर्‍याइदिने अग्रवालले बताए। बनेपा, हटौंडा, गुल्मी, झापा, नेपालगन्ज, जुम्ला, कपिलवस्तु लगायतका जिल्लाबाट आएका ६२ जनाको कृत्रिम खुट्टा बनाउने तयारी थालिएको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित]
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ?
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? बिहीबार, असोज ८, २०८३
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्