• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब दौडिन सक्छन् रिकबहादुर, कृत्रिम खुट्टा हाल्न झापादेखि भैरहवा

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०६:०३
1140x725

भैरहवा- बुद्ध शान्ति गाँउपालिका-५ झापाका ६० वर्षीय रिकबहादुर कुमालको बायाँ खुट्टाको औंलामा अचानक घाउको सानो फोको देखियो। उनले वास्ता गरेनन्। तीव्र रुपमा आकार बढ्दै गएपछि भने नजिकको क्लिनिकमा गएर देखाए। तर पनि घाउको फोको बढ्ने क्रम रोकिएन। 

पछि चिकित्सकले पत्ता लगाए– उनलाई खुट्टामा क्यान्सर भएको रहेछ। यो सुन्नासाथ उनी छाँगामाथिबाट खसेझैं भए। परिवार झस्किए। आफ्नो कमाइले परिवारको जीवनकोपार्जन गर्दै आएका उनी एकाएक चिन्तामा डुब्न थाले।

000

८ वर्षअघि रिकबहादुरलाई घाउ देखापरेको थियो। लामो समय लगाएर उनले उपचार गरे। देशका विभिन्न अस्पतालमा भौंतारिए। आफूले जोरजम्मा गरेको सबै रकम उपचार खर्चमै लगाए। 'त्यत्तिले मात्रै पुगेन, गरीखाने थोरै खेतबारीसमेत बन्धकी राख्नुपर्यो,' उनी भावुक बन्दै भन्छन्, 'तर, पनि घाउ निको भएन क्यान्सर अझै फैलिने भएपछि डाक्टरले खुट्टा काटेर फालिदिए।'

उनले खुट्टा नै गुमाएपछि श्रीमती, दुई छोरी र एक छोराका लागि जीविकोपार्जन जटिल बन्दै गयो। किनकि उनी बैसाखीको सहारा लिने भइसकेका थिए।

रिकबहादुर अशक्त भएपछि कक्षा १२ मा पढ्दै गरेकी छोरी र कक्षा १० पास गरेका छोराले बीचमै पढाइ छाड्नुपर्‍यो। 

'बुवाको उपचार गर्दा भएको पैसा सकियो। जग्गाजमिन बन्धकी राखेर खर्च जुटाउनुपर्‍यो,' छोरी समिरा भन्छिन्, 'विद्यालयमा फि तिर्ने पैसा समेत नभएपछि बाध्यतापूर्वक बीचमै पढाइ छाडेर घर खर्च चलाउने जोहोमा लाग्यौं।' 

Ncell 2
Ncell 2

एक वर्ष अघिसम्म त रिकबहादुरकी पत्नीले घरव्यवहार धानिरहेकी थिइन्। उनको निधन भएपछि सम्पूर्ण जिम्म्वारी छोराछोरीमा आइलागेको छ। 'आमा बितेपछि कलिलै उमेरको भाइलाई ऋण काढेर वैदेशिक रोजगारीको लागि चार महिनाअघि खाडी मुलुक पठाउन बाध्य भयौँ,' समिरा भन्छिन्।

समिराकी बहिनी कक्षा ६ मा पढ्छिन्। उनका लागि पनि खर्च जुटाउनुपर्ने बाध्यता समिरालाई छ। अहिले उनी बुद्धशान्ति गाउँपालिकामा कार्यालय सहयोगीको काम गर्छिन्। 

000

गाउँपालिकामा कामकै सिलसिलमा फेसबुक चलाउँदै थिइन् समिरा। एउटा पोस्ट देखिन्, मारवाडी सेवा समितिको। जहाँ कृत्रिम खुट्टाको उपचार सम्बन्धी उल्लेख गरिएको थियो। पहिलो पटक कृत्रिम खुट्टाको उपचारबारे देखेको सूचनामा उनी विश्वस्त हुन सकिनन्। त्यहाँ सम्पर्क नम्बर पनि राखिएको थियो। उनले उक्त नम्बरमा फोन गरिन्। 'राम्रो रेस्पोन्स पाएपछि ढुक्क भएँ,' भैरहवामा भेटिएकी उनले सुनाइन्, 'बुवालाई अब त्यहीँ लगेर कृत्रिम खुट्टा हाल्ने योजना बनाएको थिएँ। पूरा होला भन्ने आशा छ।'

विगतका आठ वर्ष निकै कष्टकर रहे पनि अबका दिन सहज हुनेमा उनी विश्वस्त छिन्।

मारवाडी सेवा समिति काठमाडौंको सहयोगमा मारवाडी युवा मञ्च भैरहवा र मारवाडी युवा मञ्च बुटवलले आयोजना गरेको कृत्रिम खुट्टा निःशुल्क वितरण शिविरमा आएका कुमालले आफ्नो खुट्टाको नाप दिएर फर्किएका छन्। 

खुट्टाको नाप दिँदै रिकबहादुरले आफूले अब नयाँ जीवन पाउने अनुभूति भइरहेको भन्दै समिति आफ्ना लागि देउतासरह रहेको बताए। पैसाको जोहो गरेर भैरहवा आएका उनलाई आवतजवातको खर्च ६ हजार ५ सय रुपैयाँ शिविरका संयोजक अरुण अग्रवालले प्रदान गरेका छन्। रिकबहादुरको नाप अनुसार कृत्रिम खुट्टा एक महिनाभित्र तयार हुने र उनी सहज रुपमा विगत जस्तो जीवन बिताउन सक्ने मारवाडी युवा मञ्च भैरहवाका अध्यक्ष मनोज अग्रवाल बताउँछन्।

कृत्रिम खुट्टा लगाउन कुमाल परिवारलाई भैरहवा आउने पैसाको समेत समस्या पर्ने भएकाले आफूहरुले उनका लागि कृत्रिम खुट्टा घरमै पुर्‍याइदिने अग्रवालले बताए। बनेपा, हटौंडा, गुल्मी, झापा, नेपालगन्ज, जुम्ला, कपिलवस्तु लगायतका जिल्लाबाट आएका ६२ जनाको कृत्रिम खुट्टा बनाउने तयारी थालिएको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्