काठमाडौ- भर्खरै बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन युवा खेलाडी भिटर रोकको पहिलो गोलमा बार्सिलोना विजयी भएको छ। रोकले बार्सिलोना तथा युरोपकै लागि पहिलो गोल गरेको खेलमा बार्सिलोना विजयी भयो।
बुधबार राति भएको ओसासुना विरुद्धको खेलमा बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकाल्यो। ६३औं मिनेटमा जाओ कान्सेलोको पासमा रोकले हेडमार्फत गरेको एक मात्र गोल निर्णायक बन्दा बार्सिलोना विजयी भयो।
यसअघि खेलेको सुरुवातमै फेरान टोरेस घाइते भएर मैदानबाट बाहिरिएका थिए। ६७औं मिनेटमा ओसासुनाका ग्रासिया दोहोरो पहँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ओसासुना १० खेलाडीमा सिमित भएको थियो।
स्पेनिस ला–लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो भाल्कानोमाथि २–१ को जित निकाल्यो। एथ्लेटिकोका लागि रेनिल्डो मान्डाभा र मेम्फिस डियायले एक/एक गोल गरे। भाल्कानोका लागि अल्भारो ग्रासियाले १ गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।