काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोननहामले जित निकालेको छ। बुधबार राति भएको खेलमा टोननहामले ब्रेनफोर्डलाई ३–२ गोल अन्तरले हरायो।
खेलको १५औं मिनेटमा माउपेले गोल गर्दै पाहुना टोली ब्रेनफोर्डलाई अग्रता दिलाएका थिए। त्यसपछि ८ मिनेट भित्र टोटनहामले ३ गोल गर्दै सनसनीपूर्ण जित निकाल्यो। ४८औं मिनेटमा उडोगीले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो।
जोन्सनले ४९ मिनेटमा अर्को गोल गरेपछि टोटनहामले २–१ को अग्रता बनायो। ५६औं मिनेटमा रिचर्डलिसनले अर्को गोल थपेपछि टोटनहामले ३–१ को अग्रता बनाएको थियो। ६७औं मिनेटमा ब्रेनफोर्डका टोनीले गोल गरेपछि टोटनहामले ३–२ अन्तरको जित निकाल्यो।
जितसँगै २२ खेलबाट ४३ अंकका साथ टोटनहामले अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।