काठमाडौं– चेल्सीमाथि जित निकाल्दै लिभरपुलले आफ्नो शीर्ष यात्रालाई कायमै राखेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीमाथि ४–१ को जित निकाल्यो।
लिभरपुलको जितमा जोटा, बाड्ली, एसेबोज्लाइज, डियाचले १/१ गोल गरे। नुनेजले पाएको एउटा पेनाल्टी समेत मिस गरे। चेल्सीका लागि १ मात्र गोल नकुन्कुले गरे।
जितसँगै ५२ खेलबाट ५१ अंकका साथ लिभरपुलले आफ्नो शीर्ष यात्रालाई कायमै राखेको छ। एक खेल कम खेलेको सिटी ४६ अंकसहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।