काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। बुधबार राति भएको खेलमा सिटीले बर्नलीमाथि २–१ को जित निकाल्यो।
सिटीको जितमा अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे। १६औं मिनेटमा नेनेसको पासमा अभ्लारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
२२औं मिनेटमा डी बु्रयनाको पासमा अभ्लारेजले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। दास्रो हाफको पहिलो मिनेटमा फिल फोडनेको पासमा रोड्रीले गोल गरेपछि सिटीले ३–० को अग्रता बनाएको थियो।
९० मिनेटपछिको अतिरिक्त समयमा अल डाक्हिलले गोल गरेपछि सिटीले ३–१ को जित निकाल्यो। जितसँगै २१ खेलबाट ४६ अंकका साथ सिटी दोस्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।