काठमाडौं– बङ्गलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाई गरिएको हो। एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गरेका थिए।
नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ। २ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ वटा टिम छन्। राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।