काठमाडौं– कमब्याक जित निकाल्दै रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा रियलले लस पाल्मसलाई २–१ गोल अन्तरले हरायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औं मिनेटमा रामिरेजको पासमा मुनोजले गोल गर्दै पाल्मसलाई अग्रता दिलाएका थिए।
६५औं मिनेमा कामाभिङ्गाको पासमा भिनिसियस जुनियरले गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो। ८४ औं मिनेटमा टोनी क्रुसको पासमा टुचोमेनीले गोल गरेपछि रियलले २–१ को कमब्याक जित निकाल्यो।
जितसँगै रियलले ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। २१ खेलबाट ५४ अंकसहित रियल शीर्ष स्थानमा छ। समान खेलबाट ५२ अंकसहित जिरोना दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।