• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संगीतमा हामी सय वर्ष पछाडि पर्‍यौं : पारस मुकारुङ

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०७:१४
1140x725

काठमाडौं- रेडियो नेपालमा मनै लोभ्याउने सुगम संगीतहरू गुञ्जन्थे। ती संगीतमा मुग्ध बन्थे पारस मुकारुङ। गीत सुनेपछि आफू पनि गुनगुनाउन खोज्थे।  

यो त्यति बेलाको कुरा हो। जतिबेला कलिलो मस्तिष्कले उनी गीत बुझ्न खोज्थे। रागमा आह्लादित बन्थे। बाल्यकालमा सुनेका गीतले नै संगीतप्रतिको मोह बढ्यो र नजानिँदो सम्बन्ध गाँसियो। यही सम्बन्धले डोहोरिएका उनले संगीत साधनामै दुई दशक पार गरिसके।

उनी भन्छन्, ‘तर, त्यतिबेला मैले बुझेको संगीत फरक थियो।’

संगीतप्रतिको त्यो समयको बुझाइ र अहिलेको बुझाइमा आकाश-पातालको फरक पाउँछन् उनी। 'किनकि त्यो समय राज्यले स्थापित गरेको संगीत थियो। कहिले सुगम संगीतको नाममा त कहिले शास्त्रीय संगीत र आधुनिकताको नाममा,' उनमा जिज्ञासा रित्तिएको छैन, 'वास्तवमा राज्यले स्थापित गरेको संगीत नेपाली संगीत हो कि होइन?’

राज्यले संगीतलाई सधैं आफ्नो स्वार्थअनुरुप प्रयोग गर्दै गएको मुकारुङको बुझाइ छ।

नेपाली संगीतले एक शताब्दी पार गरिसकेको छ। सेतुराम र मेलवादेवी हुँदै अहिलेसम्म आइपुग्दा संगीतले के उपलब्धि हासिल गर्‍यो त? 

‘उपलब्ध केही हुन सकेन। हामीले फड्को मार्नै सकेनौँ,’ उनी भावुक हुँदै भन्छन्, 'हामीले भाषा मात्र नेपाली गायौं, संगीतमा नेपालीपन भर्न सकेनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली संगीतको अस्तित्व नै संकटमा परेकोमा उनको चिन्ता छ। नेपालको आफ्नै पहिचान भए पनि संगीतमा अस्तित्व खोज्नुपर्ने अवस्था आउनु दु:खद भएको बताउँछन् उनी। 

'पूर्वार्द्धदेखि नै हामी आधुनिकताको पछि लाग्यौं। यसर्थ हाम्रो संगीत मिनिमाइज्ड भएको छ,' उनी थप निराश देखिए, 'आधुनिकताको नाममा संगीतलाई 'मोर्डनाइज' होइन 'कोलोनाइज' गर्‍यौं।'

भूगोलभित्र अटाएको संगीत
संगीत भनेको जीवन पद्धतिसँग गाँसिएर आउने हो। भूगोल, जाति वा लोकबाट निर्धारण हुन्छ संगीत। यी विविधताहरुबीच संगीत एकीकृत हुन नसकेको उनले तर्क गरे। हरेक भाषा, समुदाय र भूगोलबाट सिर्जित हुने संगीतको समग्रता नै नेपाली संगीत हुने उनको परिभाषा छ।

‘हाम्राे संगीत सानो भूगोलमा बस्ने राई समुदायमा छ। गन्धर्वहरुसँग छ। धिमालहरूसँग पनि आफ्नै संगीत छ,' उनी भन्छन्, 'हाम्रो संगीत भनेको त मुन्धुम हो, साकेला हो, तामाङ सेलो हो। तराईमा थारु जातिको आफ्नै संगीत छ। हाम्रो सबैभन्दा पुरानो सभ्यता मिथिला सभ्यतामा छ। किरात सभ्यताको आफ्नै संगीत छ। यी सबै संगीत एकै ठाउँमा आउँदा बल्ल नेपाली संगीत आफ्नो अस्तित्वमा आउँछ।’ 

Xtrem

Xtrem

हामीसँग फरक सांस्कृतिक सभ्यता छन्। यही अनरुप संगीतको छुट्टै मूर्च्छनाहरु गुन्जनुपर्ने हो। तर हाम्रो अस्तित्वलाई आफैले ठम्याउन नसकेकै कारण प्रगति हुन नसकेको उनको आकलन छ। ‘अबको समय हामीले हाम्रो संगीत कहाँ छ भनेर खोज्ने हो, साँच्चै हाम्रो संगीत कहाँ छ त?’ उनी आफैतर्फ प्रश्न तेर्स्याउँछन्,’ ‘संगीत एउटा भूगोलले निर्धारण गर्छ कि जातिले?’ 

यी प्रश्नको प्रमुख जिम्मेवार उनी राज्यलाई नै ठान्छन्। 

‘राज्यले किन आफ्नो संगीतलाई स्वीकार नगरी आयातित संगीतलाई स्वीकार गर्यो?’ राज्यप्रति उनको आक्रोश यहाँनिर छ।

आफ्नो पहिचानको अभाव
संगीतका विद्वानहरुले बेलाबेला संगीतबारे गरेको चिन्ता सुन्दा मुकारुङ अचम्मित हुँदा रहेछन्। ‘नेपाली संगीतको विश्वव्यापीकरण हुँदै छ' जस्ता कतिपयको बुझाइप्रति उनको गुनासो छ। 

नेपाली संगीतमा जो मानक थिए, उनीहरूले नै संगीतको स्वरुप बिगारेको बताउँछन् उनी। ‘जबदेखि हाम्रो संगीतको स्थापना भयो, त्यस बेलादेखि नै हामी पछाडि परेका हौँ। हामीले संगीतमा आफ्नो पहिचान कहिल्यै खोजेनौं।’ 

अघिल्लो पुस्तादेखि नै संगीतको नेतृत्व गलत तरिकाले भएको उनले आरोप लगाए। त्यस बेलादेखि नै नेपाली संगीतमा पश्चिमी प्रभाव परेकाले नेपाली संगीत सेपमा परेको मुकारुङको बुझाइ छ। ‘हामी चाइनाको म्युजिक सुन्छौं, भारत तिब्बतकै म्युजिक सुन्दा पनि ठम्याउन सक्छौँ। अब हाम्रो संगीतमा पनि मौलिकता भेटिनुपर्छ,’ गम्भीर मुद्रामा उनी भन्छन्, 'संगीतमा हामी सय वर्ष पछाडि पर्यौं।'

संगीतका साधक गन्धर्व नै हेपिए
संगीत कुनै जाति वा भूगोलले निर्धारण गर्ने कुरामा त उनी कैयौं दाबी पेस गर्न सक्छन्। उनले भने जस्तै नेपालमा एउटा यस्तो जाति छ। ऊ जन्मजात कलाकार हो। तिनै गन्धर्व गीत बनाउँछन् र गाउँछन्। ‘तर गन्धर्वलाई राज्यले सधैं विभेद गरिराखेको छ,' उनी भन्छन्, ‘राज्यले उनीहरूलाई खरदारभन्दा माथिको जागिर दिन सकेन। अरु कवि केशरी, स्वरसम्राट केके भए। तर ऊ किन गाइने मात्र भइरह्यो?’

झलकमान गन्धर्व नेपालको 'स्वर सम्राट'भन्दा माथिको तहका लाग्छन् उनलाई। 

'नेपाली संगीतलाई अस्तित्वमा कसरी ल्याउन सकिन्छ त?' संवादकाे क्रममा उनीसँग अन्तिम जिज्ञासा राख्छु।

‘संगीत जहाँ र जुन भेगमा छ, त्यसलाई प्रयोगमा ल्याउन सके आफैं अस्तित्वमा आउँछ,’ उनले सटिक जवाफ दिए।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित]
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ?
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? बिहीबार, असोज ८, २०८३
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्