• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संगीतमा हामी सय वर्ष पछाडि पर्‍यौं : पारस मुकारुङ

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०७:१४
1140x725

काठमाडौं- रेडियो नेपालमा मनै लोभ्याउने सुगम संगीतहरू गुञ्जन्थे। ती संगीतमा मुग्ध बन्थे पारस मुकारुङ। गीत सुनेपछि आफू पनि गुनगुनाउन खोज्थे।  

यो त्यति बेलाको कुरा हो। जतिबेला कलिलो मस्तिष्कले उनी गीत बुझ्न खोज्थे। रागमा आह्लादित बन्थे। बाल्यकालमा सुनेका गीतले नै संगीतप्रतिको मोह बढ्यो र नजानिँदो सम्बन्ध गाँसियो। यही सम्बन्धले डोहोरिएका उनले संगीत साधनामै दुई दशक पार गरिसके।

उनी भन्छन्, ‘तर, त्यतिबेला मैले बुझेको संगीत फरक थियो।’

संगीतप्रतिको त्यो समयको बुझाइ र अहिलेको बुझाइमा आकाश-पातालको फरक पाउँछन् उनी। 'किनकि त्यो समय राज्यले स्थापित गरेको संगीत थियो। कहिले सुगम संगीतको नाममा त कहिले शास्त्रीय संगीत र आधुनिकताको नाममा,' उनमा जिज्ञासा रित्तिएको छैन, 'वास्तवमा राज्यले स्थापित गरेको संगीत नेपाली संगीत हो कि होइन?’

राज्यले संगीतलाई सधैं आफ्नो स्वार्थअनुरुप प्रयोग गर्दै गएको मुकारुङको बुझाइ छ।

नेपाली संगीतले एक शताब्दी पार गरिसकेको छ। सेतुराम र मेलवादेवी हुँदै अहिलेसम्म आइपुग्दा संगीतले के उपलब्धि हासिल गर्‍यो त? 

‘उपलब्ध केही हुन सकेन। हामीले फड्को मार्नै सकेनौँ,’ उनी भावुक हुँदै भन्छन्, 'हामीले भाषा मात्र नेपाली गायौं, संगीतमा नेपालीपन भर्न सकेनौं।’

Ncell 2
Ncell 2

नेपाली संगीतको अस्तित्व नै संकटमा परेकोमा उनको चिन्ता छ। नेपालको आफ्नै पहिचान भए पनि संगीतमा अस्तित्व खोज्नुपर्ने अवस्था आउनु दु:खद भएको बताउँछन् उनी। 

'पूर्वार्द्धदेखि नै हामी आधुनिकताको पछि लाग्यौं। यसर्थ हाम्रो संगीत मिनिमाइज्ड भएको छ,' उनी थप निराश देखिए, 'आधुनिकताको नाममा संगीतलाई 'मोर्डनाइज' होइन 'कोलोनाइज' गर्‍यौं।'

भूगोलभित्र अटाएको संगीत
संगीत भनेको जीवन पद्धतिसँग गाँसिएर आउने हो। भूगोल, जाति वा लोकबाट निर्धारण हुन्छ संगीत। यी विविधताहरुबीच संगीत एकीकृत हुन नसकेको उनले तर्क गरे। हरेक भाषा, समुदाय र भूगोलबाट सिर्जित हुने संगीतको समग्रता नै नेपाली संगीत हुने उनको परिभाषा छ।

‘हाम्राे संगीत सानो भूगोलमा बस्ने राई समुदायमा छ। गन्धर्वहरुसँग छ। धिमालहरूसँग पनि आफ्नै संगीत छ,' उनी भन्छन्, 'हाम्रो संगीत भनेको त मुन्धुम हो, साकेला हो, तामाङ सेलो हो। तराईमा थारु जातिको आफ्नै संगीत छ। हाम्रो सबैभन्दा पुरानो सभ्यता मिथिला सभ्यतामा छ। किरात सभ्यताको आफ्नै संगीत छ। यी सबै संगीत एकै ठाउँमा आउँदा बल्ल नेपाली संगीत आफ्नो अस्तित्वमा आउँछ।’ 

हामीसँग फरक सांस्कृतिक सभ्यता छन्। यही अनरुप संगीतको छुट्टै मूर्च्छनाहरु गुन्जनुपर्ने हो। तर हाम्रो अस्तित्वलाई आफैले ठम्याउन नसकेकै कारण प्रगति हुन नसकेको उनको आकलन छ। ‘अबको समय हामीले हाम्रो संगीत कहाँ छ भनेर खोज्ने हो, साँच्चै हाम्रो संगीत कहाँ छ त?’ उनी आफैतर्फ प्रश्न तेर्स्याउँछन्,’ ‘संगीत एउटा भूगोलले निर्धारण गर्छ कि जातिले?’ 

यी प्रश्नको प्रमुख जिम्मेवार उनी राज्यलाई नै ठान्छन्। 

‘राज्यले किन आफ्नो संगीतलाई स्वीकार नगरी आयातित संगीतलाई स्वीकार गर्यो?’ राज्यप्रति उनको आक्रोश यहाँनिर छ।

आफ्नो पहिचानको अभाव
संगीतका विद्वानहरुले बेलाबेला संगीतबारे गरेको चिन्ता सुन्दा मुकारुङ अचम्मित हुँदा रहेछन्। ‘नेपाली संगीतको विश्वव्यापीकरण हुँदै छ' जस्ता कतिपयको बुझाइप्रति उनको गुनासो छ। 

नेपाली संगीतमा जो मानक थिए, उनीहरूले नै संगीतको स्वरुप बिगारेको बताउँछन् उनी। ‘जबदेखि हाम्रो संगीतको स्थापना भयो, त्यस बेलादेखि नै हामी पछाडि परेका हौँ। हामीले संगीतमा आफ्नो पहिचान कहिल्यै खोजेनौं।’ 

अघिल्लो पुस्तादेखि नै संगीतको नेतृत्व गलत तरिकाले भएको उनले आरोप लगाए। त्यस बेलादेखि नै नेपाली संगीतमा पश्चिमी प्रभाव परेकाले नेपाली संगीत सेपमा परेको मुकारुङको बुझाइ छ। ‘हामी चाइनाको म्युजिक सुन्छौं, भारत तिब्बतकै म्युजिक सुन्दा पनि ठम्याउन सक्छौँ। अब हाम्रो संगीतमा पनि मौलिकता भेटिनुपर्छ,’ गम्भीर मुद्रामा उनी भन्छन्, 'संगीतमा हामी सय वर्ष पछाडि पर्यौं।'

संगीतका साधक गन्धर्व नै हेपिए
संगीत कुनै जाति वा भूगोलले निर्धारण गर्ने कुरामा त उनी कैयौं दाबी पेस गर्न सक्छन्। उनले भने जस्तै नेपालमा एउटा यस्तो जाति छ। ऊ जन्मजात कलाकार हो। तिनै गन्धर्व गीत बनाउँछन् र गाउँछन्। ‘तर गन्धर्वलाई राज्यले सधैं विभेद गरिराखेको छ,' उनी भन्छन्, ‘राज्यले उनीहरूलाई खरदारभन्दा माथिको जागिर दिन सकेन। अरु कवि केशरी, स्वरसम्राट केके भए। तर ऊ किन गाइने मात्र भइरह्यो?’

झलकमान गन्धर्व नेपालको 'स्वर सम्राट'भन्दा माथिको तहका लाग्छन् उनलाई। 

'नेपाली संगीतलाई अस्तित्वमा कसरी ल्याउन सकिन्छ त?' संवादकाे क्रममा उनीसँग अन्तिम जिज्ञासा राख्छु।

‘संगीत जहाँ र जुन भेगमा छ, त्यसलाई प्रयोगमा ल्याउन सके आफैं अस्तित्वमा आउँछ,’ उनले सटिक जवाफ दिए।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने
दीर्घकालीन परियोजनामा लगानी बढाउन लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने बुधबार, चैत ४, २०८२
दीर्घकालीन परियोजनामा लगानी बढाउन लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
निरन्तर बढ्दै दक्षिण कोरियाको रोजगारी दर बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्