काठमाडौं– ‘नयाँ मेसी’का रुपमा हेरिएका अर्जेन्टाइन युवा मिडफिल्डर क्याउडियो इचेभरी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका छन्। अर्जेन्टिनाको क्लब एथ्लेटिको रिभर प्लेटबाट उनी इंग्लिस क्लब सिटीमा आबद्ध भएका हुन्।
इचेभरीका लागि सिटीले १२.५ मिलियन पाउण्ड तिरेको छ। सिटीले उनीसँग साढे ४ वर्षको सम्झौता गरेको छ।
यसअघि सिटीले रिभर प्लेटबाटै सन् २०२२ को जनवरीमा जुलियन अल्भारेजलाई आबद्ध गरेको थियो।
इचेभेरी अर्जेन्टिनाको यु–१७ का कप्तान समेत थिए। उनकै कप्तानीमा मैदानमा उत्रिएको अर्जेन्टिनाले गत नोभेम्बरमा भएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलविरुद्ध ह्याट्रिक गरेको थियो। उनकै ह्याट्रिकमा अर्जेन्टिनाले ब्राजिलमाथि ३–०को जित निकालेको थियो।
उनले विश्वकपमा ५ गोल गरेका थिए। इचेभेरीले उत्कृष्ट प्रदर्शन गरे पनि अर्जेन्टिना तेस्रोमा मात्रै सीमित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।