काठमाडौं– सेभिल्लालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली समयानुसार बिहीबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लामाथि कठिन जित निकाल्यो।
पहिलो हाफमा पाएको पेनाल्टी एथ्लेटिको मड्रिडले सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा रोकिएको थियो। खेलको २६औं मिनेटमा पाएको पेनाल्टीमा ग्रिजम्यान गोल गर्न चुकेका थिए।
तर सब्सीच्युट खेलाडीको रुपमा मोराटाको ठाउँमा मैदान प्रवेश गरेका डीपायले गोल गर्दै एथ्लेटिको मड्रिडलाई जिताएका थिए। कोरेराको पासमा डिपायले ७९औं मिनेटमा गोल गरेपछि जित निकाल्दै एथ्लेटिको मड्रिड सेमिफाइनलमा प्रवेश गर्यो।
योसँगै कोपा डेल रेको सेमिफाइन समीकरण पूरा भएको छ। यसअघि जिरोनालाई हराउँदै मार्लोका, बार्सिलोनालाई हराउँदै एल्थेटिक बिल्बाओ र सेल्टा भिगोलाई हराउँदै रियल सोसिडाड सेमिफाइनल प्रवेश गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।