काठमाडौं– बोर्नमाउथ एपए कपको पाँचौं चरणमा प्रवेश गरेको छ। नेपाली समयानुसार बिहीबार राति भएको स्वानसी सिटीसँगको खेलमा ५–० गोल अन्तरको जित निकाल्दै बोर्नमाउथ पाँचौं चरणमा प्रवेश गरेको हो।
बोर्नमाउथका लागि ५ फरक खेलाडीले खोल गरे। खेलको सातौं मिनेटमा ब्रक्सको पासमा केल्लीले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाएका थिए। १०औं मिनेटमा ब्रक्सकै पासमा स्कोटलेले गोल गरेपछि बोर्नमाउथले अग्रता दोब्बर बनाएको थियो। १४औं मिनेटमा स्कोटको पासमा सिनिस्टेराले गोल गरेपछि बोर्नमाउथले अग्रता तेब्बर बनाए।
त्यसपछि पहिलो हाफकै ३५औं मिनेटमा सोलान्कीको पासमा ब्रुक्स र ४४औं मिनेटमा सिनिस्टेराको पासमा सोलान्कीले गोल गरेपछि बोर्नमाउथले ५–० को जित निकाल्यो। जितसँगै बोर्नमाउथ एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।