Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला

64x64
रासस बिहीबार, माघ ११, २०८०  १४:३३
1140x725

भैरहवा– भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुन्। साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ। भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उनी दैनिक देखिन्छन्। 

कहिले दर्शकदीर्घाबाट, कहिले विशिष्ठ व्यक्ति बस्ने प्यारापिटबाट उनी खेल नियालिरहेको भेटिन्छन्। ‘आफ्नै नगरमा राष्ट्रिय प्रतियोगिता भइरहेको छ, यहाँ नआएर भयो त?’, बुधबार हर्षित मुद्रामा भेटिएका श्रेष्ठले भने। 

नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको अहिले भैरहवामा जमघट भएको छ। भैरहवामै राष्ट्रिय टोलीका खेलाडी पाएपछि यहाँका प्रंशसक पनि हौसिएका छन्। दर्शक नै नपाउने सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले दर्शकले भरिभराउ छ।

भैरहवामात्र होइन, रुपन्देहीका ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न र राष्ट्रिय खेलाडीलाई भेट्न दर्शक भैरहवा आइपुग्ने गरेका छन्। खेल सुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रंशसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन्।

खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन्। दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ।

सिद्धार्थ क्रिकेट रङ्गशाला दर्शक र राष्ट्रिय खेलाडीको मिलन गराउने माध्यम बनेको छ। पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको प्रधानमन्त्री कप प्रतियोगिताले भैरहवा क्रिकेटमय भएको छ। खेलाडी पनि काठमाडौं बाहिर नयाँ खेलमैदान पाएपछि दङ्ग छन्।

त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहेका राष्ट्रिय टिमका खेलाडी विनोद भण्डारीले केही वर्षयता नै सिद्धार्थ रङ्गशाला परिवर्तन भएको प्रतिक्रिया दिए। ‘म करिब अढाइ वर्षअघि यहाँ घरेलु प्रतियोगिता खेल्न आएको थिएँ, यो अढाइ वर्षमा यहाँ धेरै परिवर्तन भइसकेको छ’, भण्डारीले भने, ‘पिच राम्रो बनेको छ, ‘आउटफिल्ड’ एकदमै राम्रो बनेको छ, दर्शकका लागि ‘स्टेण्ड’ पनि बनिसकेको रहेछ, यो यही रोकिनु भएन अझै अगाडि बढ्नुपर्छ ।’

उनले अहिले काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय खेल भइरहेको अवस्थामा अब भैरहवा पनि यस्तो खेल खेलाउन सक्षम रहेको बताए। भण्डारीले भैरहवाको पिच खेल्न योग्य रहेको बताए। गत पुस २८ गतेदेखि प्रधानमन्त्री कप सुरु भएदेखि नै भैरहवाको पिचले घाम हेर्न पाएको थिएन। यसले गर्दा यहाँ रन धेरै बन्न सकेको थिएन। पिच राम्रो हुनलाई पानी र घाम हुनुपर्छ यसले ब्याटरहरूलाई रन बनाउन सहयोग गर्छ। आर्मीका कप्तान विनोद भण्डारीका अनुसार सिद्धार्थ रङ्गशालाको पिचले घाममात्र पाएको भए यहाँ उच्च अङ्क बन्ने थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आर्मीका कप्तानको जस्तै धारणा राष्ट्रिय टोलीका समेत कप्तान रहेका सशस्त्र प्रहरीका रोहित पौडेलको पनि छ। उनले पनि भैरहवाको खेलमैदान राम्ररी तयार गरेको प्रतिक्रिया दिए। ‘विशेषगरी आउटफिल्ड खेल्नका लागि साह्रै राम्रो छ, पिचले घाम पनि पाएको छैन, यस्तो अवस्थामा पनि यति राम्रो विकेट तयार गर्नुभएको छ’, पौडेलले भने, ‘आउने दिनमा यहाँ अझै राम्रा खेल हुँदै जाउन्, हामी यहाँ नेपालका लागि खेल्न चाहन्छौं।’

पौडेल पिच तयार भइसकेको अवस्थामा रङ्गशालालाई विस्तारै विकसित गरी लैजान सकिने बताउँछन्। ‘सिद्धार्थ क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका खेल हुने पिच छ’, उनले भने, ‘अब यसलाई ‘अपडेटेड’ गरेर यहाँको समिति कसरी अगाडि बढ्छ, त्यो महत्त्वपूर्ण पाटो हो।’

सिद्धार्थ रङ्गशालामा अहिले छवटा पिच रहेका छन्। रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार त्यसमध्ये तीनमा रातो माटो तीन वटामा पहेँलो माटो प्रयोग गरिएका पिच छन्। आठ वर्षअघि गुरुयोजनासमेत तयार भएको रङ्गशालामा अहिलेसम्म करिब १० करोड खर्च गरिसकिएको उनले बताए। 

आफ्नै एकेडेमीसमेत तयार पार्ने लक्ष्यसहित रुपन्देही क्रिकेट सङ्घले अहिले तीन सिमेन्ट पिच र दुई टर्स पिच निर्माण गरिसकेको छ। करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालाको आठ वर्षअघि गुरुयोजना तयार भए पनि अहिलेसम्म करिब १० प्रतिशत मात्र काम हुनसकेको नेपाल क्रिकेट सङ्घका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको भनाइ छ। 

Xtrem

Xtrem

तत्कालीन समयमा ३८ करोड लागत अनुमान गरिएको थियो। अहिले यसलाई पुनःमूल्याङ्कन गरी अगाडि बढ्नुपर्ने उनको धारणा छ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु बिहीबार, असोज २२, २०८३
काँग्रेस महाधिवेशनमा मतदानको समय पुनः परिवर्तन, दिउँसो २ बजेबाट सुरु गर्ने तयारी बिहीबार, असोज २२, २०८३
विमलेन्द्र निधीको आरोप : गगन थापाले कांग्रे फुटाए बिहीबार, असोज २२, २०८३
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष बिहीबार, असोज २२, २०८३
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्