काठमाडौं– सेल्टा भिगोलाई हराउँदै यिल सोसिडाड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा सोसिडाडले सेल्टामाथि २–१ को जित निकाल्यो।
खेलेको दोस्रो मिनेटबाटै सोसिडाडले अग्रता लिएको थियो। मिकेले ओयार्जाबालको गोलमा दोस्रो मिनेटमै सोसिडाडले अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको सोसिडाडले दोस्रो हाफको ६६औं मिनेटमा अग्रता बनाएको थियो। ६६औं मिनेटमा सेर्लाडो बेकरले गोल गरेपछि खेल २–० को अवस्थामा आएको थियो।
९० मिनेटपछिको थप अतिरिक्त समयमा लुका डे ला टोरेले १ गोल गरे पनि सेल्टाका लागि पर्याप्त नहुँदा सोसिडाड २–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।