काठमाडौं– चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मिडल्सबर्गलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो।
यसअघि पहिलो लेगमा चेल्सीमाथि १–० को नतिजा निकालेको मिडल्सबर्ग मंगलबारको खेलमा भने निरिह भयो। १५औं मिनेटमा वाउसनको आत्मघाती गोलमार्फत् चेल्सीले खेलमा अग्रता लिन सुरु गरेको थियो।
चेल्सीका लागि पाल्मरले २ गोल, इन्जो फर्नान्डेज, डिसास र माडुकीले १–१ गोल गरे।
मिडल्सबर्गका लागि १ मात्र गोल रोगेर्सले गरे। समग्रमा ६–२ को नतिजा निकाल्दै चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गर्यो। चेल्सीले अब फुलहाम र लिभरपुलमध्ये एक टोलीसँग उपाधिका लागि फाइनल खेल्नेछ।
पहिलो लेगमा लिभरपुलले फुलहामलाई २–१ गोल अन्तरले हराएको थियो। दोस्रो लेगको खेल आज (बुधबार) हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।